Tuesday, 8 September 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा नर्सको तलब पाँचौं पटक वृद्धि

अष्ट्रेलियामा नर्सको तलब पाँचौं पटक वृद्धि


काठमाडौं/ अष्ट्रेलियाको अल्बानिज सरकारले एज्ड केयर क्षेत्रमा कार्यरत नर्सहरूको तलब पाँचौं पटक बढाएको छ। नयाँ तलब संरचना १ अगस्टदेखि लागू भएको हो।

सबैभन्दा सामान्य तहका दर्ता भएका नर्सको वार्षिक तलब ३६ हजार अष्ट्रेलियन डलरभन्दा बढी पुगेको छ। यसैगरी इनरोल्ड नर्सको तलब करिब ३२ हजार अष्ट्रेलियन डलर पुगेको जनाएको छ।

यो वृद्धि फेयर वर्क कमिसनले सञ्चालन गरेको ‘एज्ड केयर भ्याल्यु केश’ अन्तर्गत गरिएको हो। तलब वृद्धि कार्यान्वयनका लागि सरकारले हालसम्म करिब १८ अर्ब अष्ट्रेलियन डलर लगानी गरिसकेको जनाएको छ।

सरकारका अनुसार तलब वृद्धिले एज्ड केयर क्षेत्रमा देखिएको नर्स अभाव कम गर्न, दक्ष जनशक्ति टिकाइ राख्न तथा वृद्ध अष्ट्रेलियालीहरूले पाउने सेवाको गुणस्तर सुधार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सरकारले एज्ड केयर क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीको योगदानलाई सम्मान गर्दै उनीहरूको पारिश्रमिकलाई थप प्रतिस्पर्धी बनाउने नीति अनुरूप तलब वृद्धि गरिएको जनाएको छ।

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-09-08' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6