Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsअष्ट्रेलियाको डेमोक्रेटिक फोरम नेतृत्वमा सापकोटा

अष्ट्रेलियाको डेमोक्रेटिक फोरम नेतृत्वमा सापकोटा


राजन घिमिरे/सिड्नी 

नेपाल अस्ट्रेलियन डेमोक्रेटिक फोरम (एनएडिएफ) ले नयाँ कार्यसमिति चयन गरेको छ ।  (एनएडिएफ) को सिड्नीमा सम्पन्न दशौं साधारण सभाले अध्यक्षमा सुरेन्द्र सापकोटालाई चयन गरेको हो । त्यस्तै उपाध्यक्षमा माधव गैरे र हरिभक्त अधिकारी निर्विरोध निर्वाचित भएका छन् । यस्तै महासचिवमा भिष्म भण्डारी,सचिवमा सत्यप्रकाश कडेंल, कोषाध्यक्षमा प्रज्वल भट्टराई ,समाजिक एवं सांस्कृतिक संयोजकमा अन्जना बस्नेत, पव्लिक अफिसरमा हरिकृष्ण अधिकारी, युवा संयोजकमा मनोज आचार्य निर्विरोध निर्वाचित भएका छन । कार्यक्रममा नब निर्वाचित पदाधिकारीहरुलाई निर्वाचन समितिकातर्फबाट संयोजक सुरेन्द्र सिग्देलले पद तथा गोपीनियताको सपथ खुवाएका थिए ।

कार्यक्रममा सहभागि हुन नेपालबाट आएका पूर्ब मन्त्री तथा नेपाली कांग्रेसका नेता डा.नारायण खड्काले विदेशमा रहेका प्रवासी नेपालीलाई दोहोरो नागरिकताको सवालमा नेपाली कांग्रेसमा डटेर लाग्ने स्पष्ट पारे । अर्का पूर्ब मन्त्री एन पि साउदले प्रबासमा रहेका नेपालीहरूले नेपालको राजनीतिज्ञहरूलाई प्रबासबाट सजग गराउनु पर्ने कुरा तर्फ जोड़ दिए- ‘तपाईको सिप र ज्ञानको प्रतिक्षामा नेपाल छ’- साउदको भनाई थियो । यस्तै वरिष्ठ पत्रकार हरिहर बिरहीले नेपाली प्रेसले फेरि स्वतन्त्रताको अर्को लडाइ लड्नु पर्ने बेला आएको जिकीर गरे -‘मूलुकमा सरकारको तर्फबाट प्रेसलाई बन्धक बनाउने खेल हुन थालेको छ । यसमा प्रबासबाट पनि आबाज उठाउनु पर्ने सनय आएको छ’ । कार्यक्रममा पत्रकार कबिर राणाले प्रजातन्त्र विना प्रेस स्वतन्त्रता सम्भव नभएको बताए । कार्यक्रममा अस्ट्रेलियास्थित नेपाली दूतावासकी प्रथम सचिव द्रुपदा सापकोटाले बिदेशमा रहेका संघ संस्था नेपालीहरुलाई एकताको सुत्रमा बाँध्ने कडीको रुपमा रहेको बताइन् । कार्यक्रममा एनएसडब्लुका महावाणिज्यदूत दीपक खड्का, अभियन्ता इन्द्रा वनले नयाँ कार्यसमितिका पदाधिकारीलाई शुभकामना प्रदान गरेका थिए ।

साधारणसभामा नेपाल विद्यार्थी संघका पुर्व केन्द्रीय सदस्य सरोज थापा, नेपाल किसान संघका केन्द्रीय अध्यक्ष भानु सिग्देल, महिला संघकी मन्जु खाँण लगायतले शुभकामना दिंदै प्रबासमा रहनु हुने नेपालीहरूबीचको एकतामाथि जोड दिएका थिए । कार्यक्रममा निर्वाचन समितिका प्रमुख सुरेन्द्र सिग्देल, नेपाल पत्रकार महासंघ अष्ट्रेलियाका अध्यक्ष हेमन्त काफ्ले,बालचन्द्र भट्टराई, डिल्ली ढकाल र महेन्द्र लम्साल लगायतलाई सम्मानपत्र प्रदान गरिएको थियो।


ट्याग : #एन पि साउद, #डा.नारायण खड्का, #डेमोक्रेटिक फोरम, #राजन घिमिरे, #सिड्नी
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6