सवारी हाक्दा मोवाइल चलाउनेमाथी कठोर बन्दै अष्ट्रेलिया । कहाँ कति जरिवाना ?
सरल गुरुङ/व्रिजवेन
सवारी दुर्घटना हुनुमा मोवाइल फोन समेत प्रमुख कारण देखिएपछि अष्ट्रेलियन सरकार यसप्रति कठोर बन्न थालेको छ ।
अष्ट्रेलियन सरकारको द ब्युरो अफ इन्फ्रास्ट्रकचर, ट्रान्सपोर्ट एण्ड रिजनल इकोनोमी – बिट्री) का अनुसार सवारी हाक्दा मोवाइल चलाएका कारण २० प्रतिशत भन्दा बढी दुर्घटना हुने गरेको पाइएको छ ।
कइन्सल्याण्ड सरकारको तथ्यांक अनुसार सवारी चलाउने आफ्नो ध्यान गुमाउन पुग्दा वर्षेनी २५ जनाको ज्यान जाने गरेको छ भने १२ सय ३५ जना गम्भिर घाइते हुने गरेका छन् । गाडी हाक्दै मोवाइल चलाउदा गम्भिर रुपमा ध्यान भंग हुने र दुर्घटना हुने जोखिम बढ्दछ । जुन ०.१० मात्राको मदिरा सेवन गरेर सवारी चलाएजत्तिकै खतरानाक हुने बताइएको छ ।
त्यस्तै बिट्रीको तथ्यांक अनुसार सन् २०१९ मा ११ सय ८८ जनाले अष्ट्रेलियामा सडक दुर्घटनामा ज्यान गुमाएका छन् । यो अघिल्लो वर्षको तुलनामा ४ दशमलव ७ प्रतिशतले बढी हो । सडक दुर्घटनाको भयाभय स्थितीलाई मुल्याकंन गर्दै विभिन्न राज्यले कठोर नीति अंगिकार गरिरहेका छन् ।

Source- BITRE















तपाईको प्रतिक्रिया