Friday, 23 October 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Home ∕ News ∕ भोटेकोशी बाढीपीडितलाई मासिक १५ हजारसम्म आवास खर्च

भोटेकोशी बाढीपीडितलाई मासिक १५ हजारसम्म आवास खर्च


गत १० भदौको विनाशकारी भोटेकोशी बाढीबाट विस्थापित परिवारलाई स्थायी आवास निर्माण नभएसम्म सरकारले मासिक आवास खर्च उपलब्ध गराउने भएको छ।

मन्त्रिपरिषद्को निर्णयअनुसार चार सदस्यसम्मको परिवारलाई मासिक १५ हजार रुपैयाँ दिइनेछ। चार जनाभन्दा बढी सदस्य भए प्रत्येक थप सदस्यका लागि २ हजार रुपैयाँ थप उपलब्ध गराइनेछ।

नगद सहायता लिन नचाहने विस्थापित परिवारका लागि सरकारले अस्थायी आवासको व्यवस्था गर्ने विकल्प पनि राखेको छ।

राहत तथा पुनर्स्थापनाका लागि स्थानीय तहबाट विस्थापित परिवारको विवरण संकलन भइरहेको छ। प्रारम्भिक क्षति मूल्यांकन सकिएपछि विस्तृत अध्ययनका आधारमा पुनर्निर्माणको काम अघि बढाइने सरकारले जनाएको छ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-10-23' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6