Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsब्लड क्यान्सर रोगी अर्जुन बचाउन ‘टाक्स फोर्स’

ब्लड क्यान्सर रोगी अर्जुन बचाउन ‘टाक्स फोर्स’


व्रिजवेन
अष्ट्रेलियाको नेपाली समाजलाई वर्ग, जाति, क्षेत्र र राजनीतिका आधारमा झुण्ड झुण्ड विभाजित छ भन्ने आरोप लाग्दै आएको छ । खासगरी नेपाली राजनीतिक दलकै झण्डामुनी बसेर नेपालकै जस्तो व्यवहार देखाउने नव अष्ट्रेलियन नेपालीहरुमाथी लाग्ने यस्तो आरोपमा केही हदसम्म सत्यता भने नभएको होइन ।
तर, विभाजित यहि समुदाय मानविय हीतका लागि भने सधैजसो एकै ठाउमा उभिने गरेका छन् । भूकम्पका बेला होस् या भइपरि आउने दैविप्रकोपको समय,यहाँका नेपालीले सहयोगका लागि एकजुट हुदैआएका छन् । नेपालका लागि मात्रै नभएर अष्ट्रेलियाको ढडेलो होस् या खडेरी नेपालीहरु एक ढिक्का भएर सहयोग संकलनमा जुटिहाल्छन् । त्यसैको पछिल्लो उदाहरण बनेको छ, ब्लड क्यान्सरबाट ग्रसित नेपाली युवा अर्जुन तिमल्सिनाको उपचार अभियान ।

कास्की घर भएका ३० वर्षीय तिमल्सिनालाई दुइ साता अघि ब्लड क्यान्सर भएको पत्ता लाग्यो । अष्ट्रेलियाको ब्रिजवेनमा बस्दै आएका तिमल्सिनाले समुदायसंग सहयोगको याचना गरे । गैरआवासिय नेपाली संघ कुइन्सल्याण्ड देखि ब्रिजवेनमा अन्य समाजिक संघसंस्था तात्न थाले । उनको याचनालाई नेपाल ट्युब लगायत स्थानिय मिडियाले प्राथमिकताका साथ प्रकाशित गर्यो । गो फन्डमिमा एकाउन्ट खुल्यो । अष्ट्रेलियादेखि विदेशमा बस्ने नेपालीहरुले गो फन्डमिबाट सहयोग जुटाउन थाले । केही दिनभित्रै झण्डै १ लाख डलर संकलन भईसकेको छ । उनको उपचारमा बढीमा साढे ३ लाख डलर खर्च हुने अनुमान छ ।

सहयोगका लागि यहाँ थिच्नुहोस्

टाक्स फोर्स
अर्जुनले सहयोगको याचना गरेलगत्तै अस्पताल पुगेका गैरआवासिय नेपाली संघ कुइन्सल्याण्डका संयोजक उमेश खड्का, कास्की समाजका टिका भुर्तेल, समाजसेवी स्वतन्त्र प्रताप शाह लगायतले सहयोगबारे योजना बनाएका थिए । उनीहरुकै योजना बमोजिम कुइन्सल्याण्डमा सक्रिय नेपाली संघसंस्थाहरुले सामुहिक रुपमा सहयोग संकलन सुरु गरेका हुन् ।
सहयोग संकलन र अर्जुनको उपचारलाई थप प्रभावकारी बनाउन कुइन्सल्याण्डका नेपालीले छुट्टै टाक्स फोर्स र आर्थिक समिति निमार्ण गरेको छ । कुइन्सल्याण्डमा सक्रिय समाजिक संघसंस्था, नागरिक समाज, पत्रकार सम्मेलित भेलाले टाक्सफोर्स निमार्ण गरेको हो ।
टाक्सफोर्समा गैरआवासिय नेपाली संघ कुइन्सल्याण्डका संयोजक उमेश खड्का, संघका कोषाध्य शम्भु घैंसे, कास्की समाजका चिनबहादुर नेपाली र नेपलिज एशोसियसन अफ कुइन्सल्याण्डका अध्यक्ष अमृत पौडेल छन् । त्यस्तै फोर्समा अर्जुनका भाई नविन पौडेल, चार्टर एकाउन्टेन्ट रितम्ब थापा, ब्लड क्यान्सर निको भएका उज्जव पौडेल र समाजसेवी अभिनाश श्रेष्ठ छन् ।

त्यस्तै समाजिक समितिमा समाजिक अभियन्ता कल्पना काफ्ले, माइग्रेसन एजेन्ट बुनु गौतम, एनआरएनए कुइन्सल्याण्डका सचिव प्रविण भण्डारी, संघका महिला संयोजक सुनिता श्रेष्ठ, केशव बानिया, विवेक अर्याल, देवकला श्री र प्रेरणा फेवा छन् । उज्जल पौडेल र अभिनाश समाजिक समितिमा समेत छन् ।
यो टिमले अर्जुनका लागि सहयोग संकलन गर्ने, हिसाव किताव पारदर्शी गर्ने र उपचारलाई थप प्रभावकारी बनाउन महत्वपुर्ण भूमिका खेल्ने बताइएको छ । टाक्सफोर्स गठन भेलामा सहभागीहरुले अर्जुनलागि उठेको सहयोग रकमको हिसावकिताब पारदर्शी राख्नु महत्वपुर्ण हुने सुझाव दिएका थिए । कार्यक्रममा अर्जुनलाई सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिइएको थियो ।

खरा स्थाई घर भएका अर्जुन अष्ट्रेलियाको व्रिजवेनमा बस्दै आएका छन् । ३० वर्षिय तिमल्सिना श्रीमतिलाई नर्सिङ पढाउन डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया आएका हुन् । अचानक क्यान्सर देखिएपछि भर्खरै पढाई सकेर संघर्ष गरिरहेका दम्पत्ति रुनुकी हास्नुको स्थितीमा पुगेका छन् ।
अझ विडम्वना, क्यान्सर देखिएकै हप्ता यो दम्पतिले नवजात शिशुलाइ जन्म दिएका थिए । श्रीमती सुत्केरी गराउन अस्पताल भर्ना भएकै बखत तिमल्सिनालाई झाडापखालाले सताएको थियो । केही दिनसम्म पनि पखाला निको नभएपछि रगत परिक्षण गर्दा क्यान्सर भएको पुष्टी भएको हो । तिमल्सिनालाई किमो दिन थालिएको छ । चिकित्सकले ३ महिनामा बोनम्यारो प्रत्यारोपण गर्न सुझाव दिएको छ । बोन म्यारो प्रत्यारोपणका लागि परिक्षण गर्न नेपालबाट अर्जुनका भाई समेत अष्ट्रेलिया आईपुगेका छन् । बोन म्यारो प्रत्यारोपण गर्न कम्तिमा पनि ३ लाख डलर खर्च हुने चिकित्सकले जानकारी दिएको अर्जुनले बताए ।

 


ट्याग : #NRNA Australia, #अर्जुन तिमल्सिना, #अष्ट्रेलियाको नेपाली, #गैरआवासिय नेपाली संघ कुइन्सल्याण्ड
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6