Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsअष्ट्रेलिया काण्डः फोटो प्रयोग गरेर बेइज्जत गरेको भन्दै अष्ट्रेलियाबाट पर्यो उजुरी ।

अष्ट्रेलिया काण्डः फोटो प्रयोग गरेर बेइज्जत गरेको भन्दै अष्ट्रेलियाबाट पर्यो उजुरी ।


सरल गुरुङ/अष्ट्रेलिया
कतिथ अष्ट्रेलिया काण्डमा नाम र फोटो जोडेर आफ्नो बेइज्जत गरेको भन्दै अष्ट्रेलियाबाट एक नेपाली युवतीले नेपाल प्रहरीमा उजुरी गरेका छन् ।
अष्ट्रेलियाबाट गुनासो सहितको उजुरी परेको प्रहरीको साइबर ब्युरोले पुष्टी गरेको छ । व्युरोका डिआइजी विकास श्रेष्ठले घटनाको छानविन गरेर दोषीमाथी कडा कारवाही गरिने जानकारी दिए ।
टेलिफोनमा कुरा गर्दै डिआइजी श्रेष्ठले भने -‘गुनासो आएपछि हामीले प्रारम्भिक अनुसन्धान थालिसकेका छौ । अष्ट्रेलिया काण्ड भनिएको भिडियो हामीले निगरानी गरिसक्यौ । उक्त भिडियोको युवती भन्दै अरुकै फोटो राखेर बद्नाम गर्नेहरुलाई कारवार्ही हुन्छ ।’

 खासमा एउटा वयस्क सामाग्री अर्थात अश्लिल भिडियोको क्लिपलाई लिएर यतिबेला अष्ट्रेलियामा पढिरहेका हजारौ नेपाली युवतीहरुलाई लक्षित गरि टिकाटिप्पणी भइरहेका छन् । विभिन्न वयस्क वेवसाइटहरुमा उपलब्ध उक्त भिडियो क्लिपलाई अष्ट्रेलिया काण्डको नाम दिइएको छ । वयस्क वेवसाइटमा काठमाडौको ठेगाना राखिएको एउटा अमुख च्यानलले २ मिनेट २० सेकेण्डको उक्त भिडियोलाई नेपाली युवतीको रुपमा प्रस्तुत गरि सिंगो अष्ट्रेलियाका नेपालीको बद्नाम गराउन खोजेको हो । यो च्यानलले केहीदिन अघि अपलोड गरेको उक्त संक्षिप्त दृश्य हजारौले हेरिसकेको छ । काण्डको नाम दिएर उक्त भिडियो अन्य वयस्क वेवसाइटहरुमा पनि अपलोड गरिएको छ ।
तर, खासमा नेपाली दावी गरिएकी उक्त युवती नेपाली नभएको र सो भिडियो अष्ट्रेलियामा रेकर्ड नगरिएको पुष्टी भईसकेको छ । नेपाली दावी गरिएको उक्त भिडियो दुइ हप्ता अघि नै अमेरिकाको न्युजर्सीबाट संचालन हुदै आएको एक च्यानलबाट अपलोड गरिएको हो । उक्त च्यानलका अनुसार भिडियोमा देखिएकी युवती भारतियमुलकी अमेरिकी हुन् । 

भेरिफाइड उक्त च्यानलमा ती युवतीका १२ वटा त्यस्ता भिडियोहरु अपलोड भएको पाइएको छ । एक महिना अघि खोलिएको उक्त च्यानलका संचालक दावी गर्ने युवकले पैसा कमाउनका लागि भिडियो बनाउने गरेको बताएका छन् । यसबाट के प्रष्ट हुन्छ भने यी युवतीले व्यवसायिक रुपमै भिडियो बनाउने गरेको देखिन्छ ।

त्यसैले व्यवसायिक रुपमै वयस्क भिडियो बनाउने विदेशी युवतीलाई नेपाली भनेर सामाजिक संजालमा खिसीटिउरी गरिरहेका छौ । हल्लैहल्लामा दौडिने हाम्रो बानीले अष्ट्रेलियामा पढिरहेका ५० हजार विद्यार्थी र यहा बसोबास गर्ने दुइ लाख नेपालीको शान र मानमा प्रश्न चिन्ह उठाइदिएको छ ।
तर, अब नेपाल प्रहरीले नै अनुसन्धान थालेर झुठो खबर फैलाउनेलाई कारवार्ही प्रकृया थालेपछि भने अष्ट्रेलियाका नेपालीले केही राहत महशुस गरेका छन् ।

प्रहरीले यस्ता खबर फैलाउनेलाई साइबर क्राइम अन्तर्गत कारवार्ही गर्नसक्छ ।

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6