Friday, 23 October 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Home ∕ News ∕ हिमलुङ हिमपहिरो: १४ जनाको खोजी जारी, मृतक दुई जनाको शव ल्याइयो काठमाडौं

हिमलुङ हिमपहिरो: १४ जनाको खोजी जारी, मृतक दुई जनाको शव ल्याइयो काठमाडौं


हिमपहिरोमा मृत्यु भएका दुई जनाको शव हेलिकप्टरमार्फत चामेबाट काठमाडौं ल्याइएको छ।

दुवै शव त्रिवि शिक्षण अस्पताल ल्याइएको मनाङ सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिए। उनीहरूको पहिचान भने खुलेको छैन।

मनाङको हिमलुङ हिमालमा हिमपहिरोपछि सम्पर्कविहीन भएका १४ नेपाली उच्च हिमाली कामदार तथा गाइडको भने खोजी जारी छ।

मनाङ सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार सम्पर्कविहीनको खोजी तथा उद्धारका लागि १४ जनाको टोली हिमलुङ आधारशिविर पुगेको छ।

सोमबार बिहानदेखि आधारशिविरबाट खोजी अभियान अघि बढाएको समेत उनले बताए।

हिमलुङमा उनीहरू आगामी शरद ऋतुको आरोहणका लागि बेस क्याम्प बनाउन गएका थिए।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-10-23' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6