अस्ट्रेलियामा समस्यामा परेका नेपालीलाई एनआरएनएको ४२ हजार ९७२ डलर सहयोग
अस्ट्रेलियामा समस्यामा परेका नेपालीलाई सहयोग गर्नेदेखि नेपालका बाढीपीडितलाई राहत र प्रभावित विद्यार्थीको शिक्षामा सघाउनेसम्मका काममा गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाले आर्थिक सहयोग गरेको छ।
एनआरएनए अस्ट्रेलियाको मध्यावधि साधारणसभामा प्रस्तुत प्रतिवेदनअनुसार संघले सामाजिक कल्याण कोषमार्फत विभिन्न समस्यामा परेका व्यक्ति तथा परिवारलाई ४२ हजार ९७२ अस्ट्रेलियन डलर सहयोग गरेको छ।
प्रतिवेदनअनुसार अन्त्येष्टिका लागि ७ हजार २०० डलर, स्वास्थ्य उपचारका लागि २ हजार २४० डलर र मानसिक स्वास्थ्यसम्बन्धी समस्याका कारण स्वदेश फर्कन हवाई टिकटबापत ८ हजार २७२ डलर सहयोग गरिएको छ।
त्यस्तै, स्वदेश फिर्तीका लागि हवाई टिकटमा ९८५ डलर र अन्य कल्याण तथा मनोसामाजिक सहयोगमा २४ हजार २७५ डलर खर्च गरिएको प्रतिवेदनमा उल्लेख छ।
यसैगरी, नेपालमा बाढीपहिरोबाट प्रभावितलाई सहयोग गर्न करिब ८० हजार अस्ट्रेलियन डलर संकलन गरिएको छ। प्रतिवेदनमा गोफन्डमीमार्फत ७८ हजार १०४ डलर र प्रत्यक्ष रूपमा ९०१ डलर जम्मा भएको उल्लेख छ।
संकलित रकममध्ये पहिलो चरणमा ४१ हजार ९३ डलर प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरिएको जनाइएको छ।
बाढीबाट प्रभावित त्रिशूली माध्यमिक विद्यालयको सूचना प्रविधि तथा शैक्षिक सहयोगका लागि पनि संघले १५ लाख रुपैयाँ सहयोग गरेको छ।














तपाईको प्रतिक्रिया