Saturday, 24 October 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Home ∕ News ∕ अमेरिकी डीभी-२०२७ को आवेदन नोभेम्बर १ देखि खुल्ने

अमेरिकी डीभी-२०२७ को आवेदन नोभेम्बर १ देखि खुल्ने


अमेरिकाको डाइभर्सिटी भिसा (डीभी)-२०२७ को आवेदन प्रक्रिया नोभेम्बर १ देखि खुल्ने भएको छ।

क्यालिफोर्नियाको संघीय अदालतकी न्यायाधीश जिन्सुक ओहताले अमेरिकी विदेश मन्त्रालयलाई डीभी आवेदन प्रक्रिया अघि बढाउन आदेश दिएकी हुन्।

संशोधित समयसीमा अनुसार मन्त्रालयले अक्टोबर २९ भित्र आवेदन खुल्ने मिति, योग्यता र आवेदनसम्बन्धी विवरण सार्वजनिक गर्नु पर्नेछ।

अदालतको आदेश अनुसार आवेदन प्रक्रिया कम्तीमा ३० दिन खुला रहनेछ। आवेदन दिएका व्यक्तिले डिसेम्बर ३ देखि छनोटसम्बन्धी नतिजा हेर्न पाउने छन्।

डीभी-२०२७ अन्तर्गत छनोट भएका आवेदकको भिसा प्रक्रिया आर्थिक वर्ष २०२७ को भिसा संख्या समाप्त नभएसम्म वा सन् २०२७ सेप्टेम्बर ३० सम्म, जुन पहिले हुन्छ, जारी रहनेछ।

यस कार्यक्रमअन्तर्गत अधिकतम ५५ हजार आप्रवासी भिसा उपलब्ध गराइन्छ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-10-24' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6