भोटेकोशी बाढी पुनर्निर्माणका लागि नेपालले २ करोड डलर पाउने प्रस्ताव
भोटेकोशी बाढीपछिको पुनर्निर्माणका लागि नेपाललाई २ करोड अमेरिकी डलर सहयोग गर्ने प्रस्ताव गरिएको छ।
संयुक्त राष्ट्रसङ्घसमर्थित हानि–नोक्सानी कोषले सहयोग प्रस्तावबारे छलफल गर्न अक्टोबर २२ मा बोर्ड बैठक बोलाएको छ।
प्रस्तावमा अनुगमन खर्चका लागि थप १६ लाख डलरसमेत गरी कुल २ करोड १६ लाख डलर समेटिएको छ।
तर, सहयोग प्रस्तावले अन्तिम स्वीकृति पाउन बाँकी छ। नेपालले बाढीपछिको पुनर्निर्माणका लागि ४ अर्ब ७१ करोड अमेरिकी डलर आवश्यक पर्ने अनुमान गरेको छ।














तपाईको प्रतिक्रिया