Sunday, 25 October 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Home ∕ News ∕ सन्तान भेट्न आएका आमाबुवा बनभोजमा मस्त

सन्तान भेट्न आएका आमाबुवा बनभोजमा मस्त


ब्रिजवेन
शनिवार ब्रिजवेनको उत्तर पश्चिम भेगको रमणीय क्षेत्र समरसेट ड्याममा नेपाली बाआमाको टोलीले वनभोज मनाएका छन् ।
नेपालबाट आफ्ना छोराछोरी भेट्न आएका बाआमालाई गैरआवासिय नेपाली संघ कुइन्सल्याण्डले वनभोज लाने मेसो मिलाएको हो ।
वनभोजमा झण्डै ढेड सय अभिभावक सहभागी भएको संघले जनाएको छ । बनभोजमा सहभागीहरुले नाचगान र भजन किर्तन गरेर रमाइलो गरेका थिए । छोरा बुहारी भेट्न आएका लम्जुङका रामचन्द्र रेग्मीले बनभोज दशैतिहारभन्दा रमाइलो भएको बताए । ‘म र श्रीमती छोरा बुहारी भेट्न आएको ५ महिना भयो’- रेग्मीले भने- ‘घरमै बस्दाबस्दा पट्यार लागिसकेको थियो बनभोजले गर्दा फेरी नयाँ उमंग थपिदिएको छ ।’ 
त्यस्तै सुनसरीबाट सुत्केरी बुहारी भेट्न आएकी रामकुमारी न्यौपानेले विदेशमा पनि आफ्नै शैलीको दोहोरी र भजन गाएर रमाइलो गर्न पाउदा नेपाल नै पुगेको जस्तो भान भएको बताइन् ।
अर्का अभिभावक नारायण पोखरेलले सामुहिक रुपमा गरिएको यस्तो बनभोजले मेचीदेखि महाकालीसम्मका मानिस जमघट गरि एकताको सन्देश दिएको बताए ।

एनआरएनए कुइन्सल्याण्डले अभिभावकलाई खादा लगाएर सम्मान गर्दै
photo- Saral Gurung

वनभोज कार्यक्रममा एनआरएनए कुइन्सल्याण्डले अभिभावकलाई खादा लगाएर सम्मान र स्वागत गरेका थिए ।
नेपालबाट आफ्ना सन्तान भेट्न आएका अभिभावकका लागि गैरआवासिय नेपाली संघले हरेक राज्यमा बनभोजको आयोजना गर्दै आएको छ ।
कार्यक्रममा कुइन्सल्याण्ड संयोजक उमेश खड्काले हरेक दुइ वर्षमा गर्दै आएको वनभोज हरेक वर्ष गर्ने तयारी रहेको बताए ।
हाल अष्ट्रेलियामा ५० हजार नेपाली विद्यार्थी पढिरहेका छन् । ती मध्ये कुइन्सल्याण्डमा मात्रै १० हजारको हाराहारीमा नेपाली विद्यार्थीहरु छन् ।

 

अभिभावकको बनभोजका केही झलक

अभिभावकको बनभोज



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-10-25' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6