कोरोना भाईरसको प्रकोप बढेसंगै अष्ट्रेलियाले चीनबाट हुने यात्रालाई थप एक साता प्रति’बन्ध लगाएको छ । विहिबार बसेको राष्ट्रिय सुरक्षा समितिको बैठकले चीनको हुपे राज्य बाहेक अन्यत्र पनि भाईरसको संक्र’मण फैलिएकाले दोस्रो पटक प्रतिब’न्धको समयावधी थप गरेको हो । नयाँ प्र’तिबन्ध फेव्रवरी २९ सम्म रहनेछ । यसअघि पहिलो पटक फेब्रवरी २ तारिखबाट १४ दिने प्रति’बन्ध लगाईएको थियो । प्रति’बन्ध अवधिमा चीनको मेनल्याण्ड हुदै आउनेले अष्ट्रेलियामा प्रवेश पाउने छैनन् । यो प्र’तिबन्ध अष्ट्रेलियन नागरिक, पिआरवाला र उनीहरुको नजिकको नातेदारको हकमा भने लागु हुनेछैन । तर उनीहरुले पनि अष्ट्रेलिया आएपछि १४ दिन भने घरमै बस्नुपर्नेछ ।
अष्ट्रेलिया जस्तै अन्य करिब ५८ वटा देशले चीनबाट हुने यात्रालाई प्रति’बन्ध लगाएका छन्।
हालसम्म अस्ट्रेलियामा १५ जनामा कोरोनाभाइरसको सं’क्रमण देखिएको छ। चीनमा २ हजार बढीले यहि भाईरसका कारण ज्यान गु’माएका छन् । विश्वभरमा ७५ हजारमा यो भाईरसको संक्र’मण देखापरेको छ ।
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au
WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist] SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6
तपाईको प्रतिक्रिया