ब्रिजवेन-कोरोना भाईरसको प्रकोप बढ्दै गएपछि अष्ट्रेलियाले विदेशी नागरिकलाई आफ्नो भूमिमा प्रवेश नदिने भएको छ । यो नयाँ आउदो शुक्रवार राति ९ बजेबाट लागु हुदैछ । यसअघि चीन, ईरान, ईटाली र साउथ कोरियाबाट आउनेलाई मात्र प्रवेश रोक लगाईएको थियो । विदेशीले प्रवेश नपाएपनि अष्ट्रेलियन नागरिक र पिआरवालाले भने प्रवेश पाउनेछन् । तर, उनीहरुले आफुलाई १४ दिनसम्म सेल्फ आईसोलेसनमा राख्नुपर्नेछ । अष्ट्रेलियामा भेटिएको ८० प्रतिशत संक्रमणको घटना विदेशमा वा विदेश गएर आएकाहरुको सम्पर्कमार्फत सरेको भेटिएको छ । हालसम्म अष्ट्रेलियामा ५ सय ६५ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये ४६ जनाको निको भएका छन् ।
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au
WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist] SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6
तपाईको प्रतिक्रिया