Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsअब ६६ देशबाट नेपाल प्रवेश गर्न नपाइने । अष्ट्रेलियाबाट के हुन्छ ? सुचीसहित

अब ६६ देशबाट नेपाल प्रवेश गर्न नपाइने । अष्ट्रेलियाबाट के हुन्छ ? सुचीसहित


ब्रिजवेन-कोरोना भाइरसको त्रा’स बढेसंगै नेपालले शुक्रबार मध्यरात अर्थात मार्च २१ तरिखदेखि प्रवेशमा कडाई गरेको छ ।
सरकारले यूरोप, पश्चिम एसिया, खाडीसँगै, इरान, मलेसिया, दक्षिण कोरिया, जापान लगायत ६६ देशबाट नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको हो । यो प्रति’बन्धपछि ती देशका नागरिक मात्र नभई, त्यहा रहेका नेपाली र गैरआवासीय नेपाल कोही पनि नेपाल आउन पाउने छैनन् । अन्य देशका मानिसहरु पनि ती प्रतिबन्ध लगाइएका देशलाई ट्रान्जिट बनाएर पनि नेपाल आउन पाउने छैनन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रति’बन्ध बारे सुचना जारी गरेको छ । प्राधिकरणका अनुसार यूरोपका ४५ देशबाट नेपाल आउन रोक लगाइएको छ । पश्चिम एसिया र गल्फका १९ देशका साथै इरान, मलेसिया, जापान र कोरियाबाट पनि आउन पाइने छैन । प्रति’बन्धको सुचीमा नेपालीहरु धेरै बसोबास गर्ने अष्ट्रेलिया र अमेरिका भने परेको छैन ।
आफ्नै देशका नागरिकलाई स्वदेश फर्कन प्रति’बन्ध लगाएको भन्दै गैरआवासिय नेपाली संघले सरकारको निर्णयको आलोचना गरेको छ । कोरोना फैलनबाट रोक्न प्रति’बन्ध लगाएपनि आफ्नै नागरिकलाई पनि स्वदेश फर्कन नदिनु उचित नभएको संघको भनाई छ ।
यो प्रति’बन्ध लाग्दा विदेश घुम्न गएका, पढिरहेका, भिषा रद्द भएका तथा विरामी परेर घर फर्कन लागेका नेपालीहरु पी’डामा पर्ने देखिन्छ ।
एनआरएनएका अध्यक्ष कुमार पन्तले फेसबुकमा लामो स्टाटस लेखेर सरकारको यो निर्णय सच्याउन अनुरोध गरेका छन् । उनले फेसबुकमा लेखेका छन्- देशमा संक्र’मण फैलिन नदिन नेपाल सरकारले लिएका धेरै पहलकदमी र सतर्कता सह्राहनीय छन् । विदेशमा रहनुभएका नेपाली, खासगरी वैदेशिक रोजगारीमा रहनुभएका दिदीबहिनी, दाजुभाइका हकमा पनि सम्बन्धित देशले सुरक्षा र सतर्कताका पर्याप्त बन्दोबस्त गरेको छ–छैन भन्नेतर्फ विचार पुर्याइनेछ भन्ने अपेक्षा छ । स्वदेश फर्किन सबै प्रकारका यात्रुलाई बन्देज लगाउदा यस विषम परिस्थितिमा नेपालीहरु आफ्नै घर फर्किन नसक्ने अवस्था बनेको छ। मलाई विश्वास छ, नेपाल सरकारले संसारका कुनै पनि नेपालीलाई सहाराविहीन भएको महसूस हुन दिने छैन । यसका लागि सक्दो सहयोग र समन्वय गर्न गैरआवासीय नेपाली संघ हरबखत तत्पर र नेपाल सरकारको साथमा रहेको छ। यसै सन्दर्भमा संघले माननीय गृह र परराष्ट्र मन्त्रीसित शुक्रबार छलफल गर्न लागिरहेको जानकारी समेत गैरआवासीय नेपाली समुदायलाई गराउँदछु ।
नेपाल प्रवेश गर्न नपाउने देशको सूचि यस्तो छ ।
यूरोप
रसिया, जर्मनी, बेलायत, फ्रान्स, इटली, स्पेन, युक्रेन, पोल्याण्ड, रोमानिया, नेदरल्याण्ड, बेल्जियम, चेक रिपब्लिक, ग्रीस, पोर्चुगल, स्वीडेन, हंगेरी, बेलारुस, अष्ट्रिया, सर्विया, स्वीटजरल्याण्ड, बुल्गेरिया, डेनमार्क, फिनल्याण्ड, स्लोभाकिया, नर्वे, आयरल्याण्ड, क्रोएसिया, मोल्दोभा, बोस्निया हर्जगोभिना, अल्वानिया, लिथुवानिया, नर्थ म्याकडोनिया, स्लोभानिया, लात्भिया, इस्टोनिया, मोन्टेनेग्रो, लक्जेम्वर्ग, माल्टा, आइसल्याण्ड, अन्डोरा, मोनाको, लिचेन्स्टाइन, सानमारिनो, होली सी ।
पश्चिम एसिया र गल्फ
टर्की, इराक, साउदी अरेविया, यमन, सिरिया, अजरवैजान, यूएई, इजरायल, जोर्डन, लेवनान, प्यालेस्टाइन, ओमान, कुवेत, जर्जिया, अर्मेनिया, कतार, बहराइन, साइप्रस, साउदी अरेविया ।
अन्य
इरान, मलेसिया, दक्षिण कोरिया, जापान

Photo-TIA



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6