ब्रिजवेन सोमबारबाट अष्ट्रेलियामा सार्वजनिक स्थलमा दुई जनाभन्दा बढी जम्मा हुन पाउने छैनन् । कोभिड १९ को संक्रमण बढेसंगै अष्ट्रेलियाले कडा नियम लागु गरेको हो । यदि अटेर गरि दुई जनाभन्दा बढी भेला भएमा पहिलो पटक १ हजार डलर जरिवाना तिर्नु पर्ने छ । यदि यो क्रम दोहोरिएमा ती व्यक्तिलाई अदालतसामु लगेर ६ महिनासम्म जेल सजाय हुन सक्ने अधिकारीहरुले बताएका छन् । न्यु साउथ वेल्स राज्यले नियम बनाएर सजाय लागु गरिसकेको छ । अन्य राज्यहरुमा समेत कानुन बनेर यो नियम लागु हुनेछ । प्रधानमन्त्री स्कट मोरिसनले आईतबार पत्रकार सम्मेलन गर्दै यस्तो कडा नियम बारे जानकारी गराएको हो । संघीय मन्त्रिपरिषदले कोरोनाको संक्रमण रोक्नका लागि यत्ति कठोर कदम चाल्ने निर्णय लिएको मोरिसनको भनाई थियो । यो निर्णय लिनु अघि प्रधानमन्त्री मोरिसनले राज्य र क्षेत्रका नेताहरुसंग छलफल गरेका थिए । अष्ट्रेलियाका मुख्य स्वास्थ्य प्रमुख ब्रेन्डन मर्फीले यो निर्णय कठोर भएपनि भाइरसको संक्रमण रोक्न अत्यावश्यक रहेको बताए । यसअघि सरकारले १० जना भन्दा बढी भेला हुन रोकेको थियो । यो नियम कानुनी रुपमा भने अझै बाध्यकारी भईसकेको छैन । तर, राज्य सरकारले छिट्टै कानुन बनाएर यसलाई बाध्यकारी बनाउने पहल सुरु गरिसकेको छ । यो नियम एउटै घरमा बस्नेका हकमा भने लागु हुनेछैन । विवहामा अझै पनि ५ र मलामीमा १० जना जम्मा हुन पाउनेछन् तर, डेढ मिटरको समाजिक दुरी भने कायम राख्नुपर्नेछ । त्यस्तै सोमबारदेखि बाहिर रहेको जिम, स्केट पार्क पनि बन्द हुनेछन् ।
सरकारले ७० वर्ष उमेर भन्दा बढीका नागरिकलाई घरमै सेल्फ आईसोलेसनमा बस्न अनुरोध गरेको छ । त्यस्तै ६० वर्ष कटेका दीर्घ रोगी र ५० वर्ष माथीका आदिवासी मानिसलाई समेत घरमै बस्न सरकारले अनुरोध गरेको छ । अष्ट्रेलियामा हालसम्म ४३५९ जनालाई कोरोना संक्रमण देखिएको छ । जसमध्ये १८ जनाको ज्यान गएको छ ।
अष्ट्रेलियामा काेराेना संक्रमणकाे अवस्था । स्राेत- Australian Health
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au
WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist] SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6
तपाईको प्रतिक्रिया