Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsअन्तराष्ट्रिय विद्यार्थीलाई पनि सुविधा दिन कुईसन्ल्याण्ड सरकारको आग्रह ।

अन्तराष्ट्रिय विद्यार्थीलाई पनि सुविधा दिन कुईसन्ल्याण्ड सरकारको आग्रह ।


ब्रिजवेन
अष्ट्रेलियाको अर्थतन्त्रमा अन्तराष्ट्रिय विद्यार्थीको ठुलो योगदान रहेको भन्दै कुईन्सल्याण्ड राज्य सरकारले यो क्षेत्रलाई बचाईराख्ने यो भने तत्काल उनीहरुलाई पनि स्वदेशी विद्यार्थीसरह सुविधा दिन माग गरेको छ ।
प्रधानमन्त्री स्कट मोरिसनले अहिलेको अवस्थामा आफ्नो रेखदेख गर्न नसके आफ्नै देश फर्कन सकिने सुझाव अन्तराष्ट्रिय विद्यार्थीलाई दिएकै सन्दर्भमा राज्य सरकारबाट यस्तो धारणा आएको हो ।
कुईन्सल्याण्ड सरकारद्वारा जारी विज्ञप्तीमाकुईन्सल्याण्ड सरकारद्वारा जारी विज्ञप्मा कोरोना महामारीका कारण आफ्नो राज्यमा १ लाख अन्तराष्ट्रिय विद्यार्थीहरु फसेको बताईएको छ । यो माहामारीका कारण अष्ट्रेलियाका स्थानिय विद्यार्थीले भने संघिय सरकारबाट वेरोजगार भत्ता, घरभाडा सुविधा र मेडिकेयर सेवा पाईरहेकाछन् ।
कुईन्सल्याण्ड राज्यका ईनोभेसन एण्ड टुरजममन्त्री केट जोनले प्रधानमन्त्री स्कट मोरिसन समक्ष यस्तो संकुटको घडीमा यस्तै सुविधा अन्तराष्ट्रिय विद्यार्थीलाई पनि दिनुपर्ने माग गरिन् ।
‘उनीहरु कुईन्सल्याण्डमा फसेका छन्’ मन्त्री केटले भनिन्- ‘उनीहरु घरबाट निकालिएका छन्, धेरैले खानेकुरा समेत किन्न सकिरहेका छैनन् ।’

कुईन्सल्याण्ड सरकारले जारी गरेकाे विज्ञप्ती यस्ताे छ ।

उनी अघि थप्छिन्- ‘अहिलेको अवस्थामा उनीहरु घरबार बिहिन भएका छन्, यस्तो अवस्थामा संघिय सरकारले रेखदेख नगरे हाम्रा सडकमा हजारौ त्यस्ता विद्यार्थीको अन्त्य हुनेछ ।’
मन्त्री केटका अनुसार कुईन्सल्याण्ड राज्यमा मात्र अन्तराष्ट्रिय विद्यार्थीले हरेक वर्ष ५ दशमलव ४ बिलियन डलरको योगदान गर्दै आएको छ । उनीहरुले २३ हजार स्थानिय रोजगार क्षेत्रमा योगदान पुर्याएका छन् ।उनी भन्छिन् -‘यदि हाम्रो शैक्षिक क्षेत्रलाई कोभिड १९ बाट बचाउने हो भने हामीले यी विद्यार्थीको ख्याल राख्नुको विकल्प छैन ।’ उनले भनिन् -‘अन्तराष्ट्रिय विद्यार्थीकै कारण हाम्रा शैक्षिक संस्था चलेका छन् , उनीहरुको परिवार पालिएका छन्, रियल स्टेट चलेका छन् ।’  उनले ती विद्यार्थीहरु कुईन्सल्याण्डको पर्यटन विकासका अभियन्ता समेत हुन् । अहिले अष्ट्रेलियामा ५ लाख ४० हजार अन्तराष्ट्रिय विद्यार्थी पढिरहेका छन् । जसमा ५५ हजार नेपाली छन् ।

photo- Hon Kate Jones (facebook)

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6