Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsअष्ट्रेलियाले नेपाली विद्यार्थीलाई पनि नागरिकसरह नै संरक्षण गर्ने बाचा गरेको छ

अष्ट्रेलियाले नेपाली विद्यार्थीलाई पनि नागरिकसरह नै संरक्षण गर्ने बाचा गरेको छ


मेलबर्न

नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अष्ट्रेलियाले विदेशी विद्यार्थीलाई पनि आफ्नो नागरिक सरह नै सं’रक्षण गर्ने बचन दिएको बताएका छन् ।
मेलर्बनबाट संचालन हुदै आएको एमएनटिभीको लाइभ शोमा पत्रकार चिरञ्जीवि देवकोटासंग कुरा गर्दै मन्त्री ज्ञवालीले गत साता आफुले अष्ट्रेलियाका समकक्षी मारिस पाइनसंग टेलिफोनमा नेपाली विद्यार्थीको सुरक्षा बारे चासो राखेको बताएका हुन् ।
टेलिफोन संवादका क्रममा अष्ट्रेलियाका परराष्ट्रमन्त्री पाइनले यहा रहेका नेपाली लगायत विदेशी विद्यार्थीहरुलाई पनि सरकारले आफ्नै नागरिकसरह नै सुरक्षा दिने बाचा गरेको मन्त्री ज्ञवालीले जानकारी दिए ।
टेलिफोन संवादमा नेपालका परराष्ट्रमन्त्री ज्ञवालीले अष्ट्रेलियामा विद्यार्थी पठाउने देश मध्ये नेपाल तेस्रो स्थानमा रहेको तथा अष्ट्रेलियाको अर्थतन्त्रमा पनि नेपालीले ठुलै योगदान दिएको भन्दै यो दुखको घडीमा नेपाली विद्यार्थीलाई एक्लै नपारिदिन समकक्षीसमक्ष अनुरोध गरेका थिए ।
त्यसको जवाफमा अष्ट्रेलियाका परराष्ट्र मन्त्री पाइनले नेपालीहरु अष्ट्रेलियाको बहुसांस्कृतिक समाजको अभिन्न अंग रहेको तथा नेपाली विद्यार्थी अनुशासित, मिलनसार र मेहनति भएकाले यो संकटको अवस्थामा उनीहरुलाई एक्लै नपार्ने बाचा गरेको मन्त्री ज्ञवालीले बताएका हुन् ।
लाइभ अन्तरवार्ताका क्रममा मन्त्री ज्ञवालीले विदेशी विद्यार्थीका लागि भनेर अष्ट्रेलियन सरकारले विशेष राहत प्याकेज बनाइरहेको समेत आफुले जानकारी पाएको दाबी गरे । तर, त्यस्तो प्याकेज बारे उनले खुलेर कुरा राखेनन् ।

अष्ट्रेलियामा फसेको नेपालीको उद्दारका विषयमा भने मन्त्री ज्ञवालीले अहिले सरकारले विदेशमा रहेका नेपालीको उद्दार गर्ने नीति नलिएको भन्दै स्पष्ट पारे । यसअघि अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले यो सं’कटमा आफ्नो खानाबस्नको व्यवस्था गर्न समस्या परे स्वदेश फर्कने विकल्प रहेको भन्दै अन्तराष्ट्रिय विद्यार्थीलाई सुझाव दिएका थिए । उनको भनाईको अष्ट्रेलियाभित्र र बाहिर समेत आलोचना भएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6