Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsअष्ट्रेलियाका विदेशी विद्यार्थीका लागि एक्सपर्ट एजुकेशनले गर्ने भयो दुइ लाख डलर सहयोग

अष्ट्रेलियाका विदेशी विद्यार्थीका लागि एक्सपर्ट एजुकेशनले गर्ने भयो दुइ लाख डलर सहयोग


व्रिजवेन
कोरोनाको महामारीबाट प्रभावित भएका अष्ट्रेलियाका अन्तराष्ट्रिय विद्यार्थीका लागि एक्सपर्ट एजुकेशन तथा भिषा सर्भिसले दुइ लाख डलरको सहयोग घोषणा गरेको छ । आइतबार साँझ एक विज्ञप्ती जारी गर्दै एक्सपर्ट एजुकेशनले सहयोगको घोषणा गरेको हो । सहयोग मध्ये १ लाख ५० हजार डलर सिधै विद्यार्थीलाई र बाकी ५० हजार विद्यार्थीका लागि सक्रिय सामाजिक संघसंस्थामार्फत सहयोग गरिने विज्ञप्तीमा भनिएको छ ।
‘कोभिड १९ का कारण गर्दा अष्ट्रेलियामा अध्ययनरत अन्तराष्ट्रिय विद्यार्थीलाई पर्न सक्ने तत्कालिन र दीर्घकालिन असरहरुलाई न्युनीकरण गर्न हामीले सुरुदेखिनै आफ्नो सक्रियता कायम राखेका छौ’- विज्ञप्तीमा भनिएको छ । त्यस्तै एक्सपर्ट एजुकेशन तथा भिषा सर्भिसेसले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आइरहेको भन्दै यो सहयोगले कोरोना प्रभावित विद्यार्थीलाई केही हदसम्म भएपनि सहयोग पुग्ने आशा गरिएको छ । एक्सपर्ट फाउण्डेसन मार्फत विद्यार्थीलाई सहयोग गर्न लागिएको विज्ञप्तीमा भनिएको छ ।

कसले पाउछन् सहायता ?

पछिल्लो ६ महिनामा अष्ट्रेलिया आएका अन्तराष्ट्रिय विद्यार्थीहरु सबैभन्दा बढी प्रभावित रहेको भन्दै सन् २०१९ अक्टोवर १ यता अष्ट्रेलियाका आएका विद्यार्थीका लागि सहयोग केन्द्रीत गरिएको छ ।
यो सहायता पाउनका लागि सबैभन्दा पहिला त अक्टोवर १ यता अष्ट्रेलिया आएको हुनुपर्नेछ । त्यस्तै रोजगार नभएको तथा रोजगार गुमाएका हुनुपर्नेछ । त्यस्तै एक्सपर्ट एजुकेशनबाट विभिन्न शैक्षिक संस्थामा भर्ना भएका विद्यार्थी हुनुपर्ने विज्ञप्तीमा भनिएको छ ।
सहयोग चाहाने विद्यार्थीले यो लिंकमा मा गएर आफ्नो दरखास्त हाल्न सक्नेछन् ।
यस संकटको घडीमा विद्यार्थीलाई पर्न सक्ने अन्य समस्या र अप्ठ्याराहरुका बारेमा शैक्षिक संस्थाहरुसंग परामर्श गरि विद्यार्थीका तर्फबाट पैरवी गरिरहेको समेत एक्सपर्टले जनाएको छ ।
यस्तै नेपाली विद्यार्थीहरुका लागि अष्ट्रेलियाका नेपाली शैक्षिक परामर्श दाताहरुको संस्था एक्काले पनि गो फन्ड मि नामक वेवसाईटबाट
सहयोग संकलन गरिरहेको छ । विभिन्न कन्सलटेन्सीहरुले समेत आफ्ना विद्यार्थीका लागि धेरथोर सहयोग गरिरहेका छन् । अष्ट्रेलियामा पढिरहेका अन्तराष्ट्रिय विद्यार्थीहरुको छाता संगठन काउन्सिल अफ इन्टरनेश्नल स्टुटेन्डस् अष्ट्रेलिया सिसाले पनि अन्तराष्ट्रिय विद्यार्थीहरुलाई सहायता गर्न शैक्षिक संस्था र सरकारलाई दवाव दिईरहेको छ । विद्यार्थीले घरभाडा, खाना र पढाईको शुल्क तिर्न समस्या भोगिरहेका छन् । हाल अष्ट्रेलियामा ५ लाख ४० हजार अन्तराष्ट्रिय विद्यार्थी पढिरहेका छन् । जसमा ५५ हजार नेपाली छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6