Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsएनआरएनका उच्च पदाधिकारीबाटै पत्रकारको अपमान भएको भन्दै एन्जाले गर्यो भत्सर्ना

एनआरएनका उच्च पदाधिकारीबाटै पत्रकारको अपमान भएको भन्दै एन्जाले गर्यो भत्सर्ना


व्रिजवेन
गैरआवासिय नेपाली संघ अष्ट्रेलियाका उच्च पदाधिकारीले यहाँ कार्यरत नेपाली पत्रकारहरुलाई अपमान गरेको भन्दै विरोध भएको छ ।
अष्ट्रेलियामा सक्रिय नेपाली पत्रकारहरुको संगठन एन्जाले विज्ञप्ती नै निकालेर घटनाको भत्सर्ना गरेको छ ।
पछिल्लो समय अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले अन्तराष्ट्रिय विद्यार्थीका बारेमा दिएको अभिव्यक्तीबारे नेपाली पत्रकारहरुले लेखेको समाचार सामाग्री बारे टिप्पणी गर्ने नाममा एनआरएनएका उच्च पदाधिकारीबाटै सामाजि संजालमा नेपाली पत्रकारबारे घृणा फैलाउने कार्य भएको भन्दै एन्जाले बिरोध गरेको हो ।
एन्जाद्धारा जारी विज्ञप्तीमा भनिएको छ- पछिल्लो केही दिनदेखि मुख्यतः अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले अन्तर्राष्ट्रिय विद्यार्थीका सन्दर्भमा दिनुभएको अभिव्यक्ति पछि अष्ट्रेलियामा क्रियाशील रहेका र आफुलाई ठूलो सामाजिक संस्था दावी गर्ने संस्थाका जिम्मेवार पदाधिकारी, मूल नेतृत्व, पत्रकारहरुसँग निकट रही काम गर्नुपर्ने प्रवक्ता, केही शैक्षिक व्यवसायी लगायतका व्यक्तिहरुले विभिन्न माध्यमबाट गरेका टिप्पणीप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

अष्ट्रेलियामा ३ दर्जन बढी नेपाली पत्रकारहरु सक्रिय छन् । उनीहरुले अष्ट्रेलियाका नेपाली भाषी र नेपालका ठुला संचारगृहका लागि कलम चलाउदै आएका छन् । पछिल्लो समय प्रधानमन्त्री मोरिसनले गरेको भाषणबारे समाचार सामाग्री प्रकाशन गर्दा केही जिम्वेवार व्यक्तिहरुले नेपाली पत्रकारलाई अग्रजी नै बुझ्दैनन् र समाचार अतिरञ्जित गरि नेपाली विद्यार्थी र उनीहरुका अभिभावक माझ संत्रास पैदा गराएको आरोप लगाउदै भ्रम सृजना गर्न खोजेकाले विज्ञप्ती जारी गर्नु परेको एन्जाका अध्यक्ष हेमन्त काफ्लेले जानकारी दिए ।
एन्जाले जारी गरेको विज्ञप्तीमा भनिएको छ- ‘उक्त समाचार सामाग्रीलई लिएर आफ्नो व्यक्तिगत स्वार्थपूर्ति गर्ने नियतले, स्पष्ट पार्ने नाममा यहाँ कार्यरत पत्रकारहरुको अवमूल्यन गर्ने, उनीहरुको मान मर्दन गर्ने र सामाजिक सञ्जालहरुमा अपमान गर्ने जस्तो कार्य भएकोमा नेपाली पत्रकारहरुको साझा संगठन अष्ट्रेलियन नेपाली जर्नलिष्ट एशोसिएसन (एन्जा) त्यसको घोर भत्र्सना गर्दछ ।’

एन्जाले जारी गरेको प्रेस विज्ञप्ती

यस किसिमका क्रियाकलाप सामाजिक संघ, संस्थामा रहेका व्यक्तिहरु, विभिन्न पेशा व्यवसाय गर्नेहरुबाट हुन हुँदैन भन्ने अपेक्षा पनि एन्जाले गरेको छ । एन्जाले अष्ट्रेलियामा कार्यरक नेपाली पत्रकारहरु यहाँको संविधान, कानून र नीतिनियमको परिधीमा रहेर, पत्रकारिताको विश्वव्यापी मान्यतालाई आत्मसाथ गर्दै व्यवसायिकरुपमा मर्यादित भएर नेपाली समाजलाई सुसुचित गर्ने कार्यमा लागिपरेको समेत स्पष्ट पारेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6