Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalनेपालमा कोरोना परिक्षणको अवस्था

नेपालमा कोरोना परिक्षणको अवस्था


पुण्यप्रसाद धमला

काठमाडौं । र्यापिड टेष्ट किटबाट ठूलो परिमाणमा कोरोना संक्र’मणको नमुना परिक्षण थालिएसँगै नेपालमा कोरोना संक्रमि’तको संख्या बढ्न थालेको छ । सोमबार कैलालीकी ६५ बर्षीया बृद्धा र रौतहटका १९ बर्षीया युवामा कोरोना पोजेटिभ देखिएसँगै संक्रमितको संख्या १४ पुगेको छ । यसअघि हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा कोरोना परीक्षण गरिएका तीन जनाको नतिजा पोजेटिभ हो वा होइन भन्ने छुट्याउन नसकेपछि काठमाडौंको टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएकोमा पोजेटिभ रहेको पुष्टि भएको थियो । यी तीनैजना भारतीय नागरिक गत मार्चमा नयाँ दिल्लीस्थित निजामुद्दिनको इस्लामि’क भेलामा सहभागी भएको र सुनसरी, सप्तरी बारा पर्सा हुँदै नेपाल आएर बिभिन्न मस्जितमा बसेको आधारमा उनीहरुको संसर्गमा आएकाहरुको खोजी भैरहेको छ । योसँगै चैतमा मात्रै १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तो छ, नेपालमा कोरोना पहिचानको अवस्था

माघ १० मा कोरोनाका पहिलो संक्र’मितको पहिचान भयो । ती व्यक्ति चीनको बुहानबाट नेपाल आएका विद्यार्थी थिए । उनी केही समयको उपचारपछि स्वस्थ भएर घर फर्किए ।
एक महिनापछि अर्थात फागुन १० मा दोश्रो कोरोना संक्रमितको पहिचान भयो । उनी फ्रान्सबाट दुबई हुँदै नेपाल आएकी १९ बर्षिया विद्यार्थी थिइन् । अर्थात चैत ११ मा तेश्रो व्यक्तिका रुपमा एक जना, चैत १३ चौथो व्यक्तिका रुपमा एक, चैत १४ मा पाँचौ र चैत २० छैटौँ संक्र’मितको पहिचान भएको थियो । चैत २२ मा तीन जनामा कोरोना संक्र’मण पुष्टी भयो । यतिबेला भारतको मुम्बईबाट फर्किएका कैलालीका युवा, भारतकै उत्तराखण्डबाट नेपाल भित्रिएका कञ्चनपुरका ४१ वर्षिय पुरुष र यसअघि कोरोना पहिचान भएका कैलालीका व्यक्तिकै नातेदार महिलामा कोरोना पहिचान भएको थियो । चैत २२ मा यसअघि संक्रमण देखिएका व्यक्तिबाट आफ्नै भाउजुमा सरेको पाइएपछि नेपालमा कोरोनाले दोश्रो चरण प्रवेश गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नै जानकारी गरायो । चैत महिनाको अन्त्यमा अर्थात २९ गते बीरगञ्जको एक मस्जिदमा रहेका तीन भारतीय धर्म गुरुमा कोरोना पहिचान भयो ।

सोमबार मात्रै बीरगंजबाट घर फर्किएकी कैलालीकी एक ६५ बर्षिया महिला र भारतबाट नेपाल आएका रौतहटका युवामा कोरोना पोजेटिभ देखिएरपछि नेपालमा कोरोना संक्र’मितको संख्या १४ पुगेको छ । कैलालीको सेती प्रादेशिक अस्पतालमा मात्रै पाँच जना र टेकुस्थित ट्रपिकल तथा सरुवा रोग अस्पतालमा तीन र अन्य जिल्ला तहका अस्पतालमा बाँकी संक्रमितको उपचार भैरहेको छ । काठमाडौं पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टको एकै परिवारमा तीन जनाको र्यापिड टेष्टमा कोरोना पोजेटिभ देखिएपछि पाटन अस्पताल भर्ना गरेर पीसीआर प्रविधिबाट थप निश्चित हुन स्वाबलाई टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ । आशंकितलाई अस्पताल लगिएपछि प्रहरीले सनसीटी अर्पाटमेन्टबाट हुने आवत जावत रोकेर सिलबन्दी गरेको छ ।

र्यापिड किटको परिक्षणमै विश्वसनि’यताको कमी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार सोमबारदेखि ५२ जिल्लामा र्यापिड किटबाट परीक्षण सुरु भएको छ । सोमबारसम्म दायरा बढेर ५ हजार २९१ जनाको परीक्षण भएको छ । तर स्थानीय तहहरुको क्वारेन्टाइनमा रहेकाहरुको र्यापिड किटबाट परीक्षण गर्दा नेगेटिभ आएपछि घर पठाउने गरेकोमा कैलालीको लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनबाट नेगेटिभ रिजल्ट आएको भन्दै घर पठाइएकी ६५ बर्षिया महिलाको पीसीआर विधिबाट गरिएको नमुना परीक्षणको रिपोर्ट कोरोना पोजेटिभ देखिएको छ ।

यता, बागलुङमा आइतबार गरिएको र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) मा पोजिटिभ नतिजा आएकी ६५ वर्षीय एक महिलाको पीसीआर प्रयोगशालामा परीक्षण गर्दा कोरोना संक्र’मण नेगेटिभ आएको छ । योसँगै र्यापिड किटको भर परेर पीसीआर विधिबाट परीक्षण नगरिएका व्यक्तिहरु संक्र’मित भए नभएको एकिन नहुँदै घर पठाउँदा समस्या बढ्नेतर्फ बिज्ञहरुले सचेत गराएका छन् । जनस्वास्थ्य वैज्ञानिकहरु पनि नेपालमा प्रयोग भइरहेको एन्टीबडी बेस्ड कीट रोग पहिचानका लागि नभई निगरानीका लागि काम लाग्ने बताउँछन् । कोरोना लागेको ३/४ दिन लक्षण नदेखाउन किटले निको भएको ६ महिनासम्म पनि पोजेटिभ देखाउन सक्नेतर्फ उनीहरुले सचेत गराएका छन् ।

ओम्नी समूहको कमसल किटले निम्त्याएको समस्या

सरकारले अहिले ओम्नी समूहसँग गरेको विवा’दास्पद सम्झौताबाटै नेपाल भित्रिएका ७५ हजार थान एन्टीबडी बेस्डको टेष्ट किटबाट र्यापिड टेस्ट गरिरहेको पाइएको छ । यसरी गरिएको परीक्षणमा नेगेटिभ देखिएर घर पठाइएकामा पोजेटिभ र पोजेटिभ देखिएकाहरुको रिपोर्ट नेगेटिभ आउदा विश्वसनियतामा प्रश्न उठेको छ । कोरोना संक्रमितको संख्या दैनिक ५०–६० हजारको दरले बढिरहँदा व्यक्तिमा छिटो र सजिलै सर्नेसम्म पुष्टि भएको छ । र्यापिड किटले संक्र’मणको छोटो समयको नतिजा देखाउन नसक्ने भएकाले पनि संक्र’मण थप बिस्तार हुनसक्ने देखिन्छ । सरकाले परिक्षणको दायरा बढाएसँगै विश्वस’नियता बढाउनु उत्तिकै आवश्यक छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6