Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalनेपालको सनसिटी अपार्टमेन्टबाट पाटन अस्पताल लगिएका दुई जनामा कोरोना संक्रमण पुष्टि

नेपालको सनसिटी अपार्टमेन्टबाट पाटन अस्पताल लगिएका दुई जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं । र्यापिड टेस्टबाट कोरोना पोजेटिभ देखिएसँगै काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट पाटन अस्पताल भर्ना गरिएका तीन जना मध्ये दुई जनामा कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको छ । र्यापिड किटबाट पोजेटिभ देखिएका मध्ये टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको थ्रोट स्वाबको पीसीआर रिपोर्टमा दुई जनामा कोभिड१९ संक्रमण पुष्टि भएको हो ।

एक जनाको पहिलो परिक्षण नेगेटिभ देखिएपछि थप परिक्षण भैरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । सनसिटी अपार्टमेन्टका यी तीनै जना २८ दिनअघि बेलायतमा नेपाल आएका थिए । सोमबार स्थानीय नगरपालिकाले गरेको र्यापिड टेष्टका क्रममा एन्टीबडी पोजेभिट देखिएपछि तीनैजनालाई पाटन अस्पताल भर्ना गरिएको थियो ।

कोरोना पहिचान भएसँगै सिल गरिएको अपार्टमेन्टमा भीआईपीको समेत बसोवास

सनसिटी अपार्टमेन्टमा पाँच सय परिवारका १८ सय बढी बसोबास गर्दै आएको भएपनि एकिन विवरण कहिकतैबाट खुलाईएको छैन । अपार्टमेन्टमा अर्थमन्त्री डाक्टर युवराज खतिवडाका छोरा तिलक खतिवडा, नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजाल, राष्ट्रिय सभा सदस्य तथा नेपाली कांग्रेसका नेता राधेश्याम अधिकारी, एमाले नेता भीम न्यौपाने, संविधानसभाका पूर्व सदस्य विसेन्द्र पासवान, पूर्वसांसद कृष्णप्रसाद सापकोटा, पूर्व जिल्ला शिक्षा अधिकारी वावुराम नेपाल लगायतको बसोवार रहेको पाइएको छ । कांग्रेस नेता अधिकारीको अपार्टमेन्ट भएपनि बसोबास रहेको पाइएको छैन ।

अपार्टमेन्टमा लक डाउनकै समयमा वेल फेयर सोसाइटीको चुनाव भएको, अर्थमन्त्री डाक्टर युवराज खतिवडाका छोरा तिलक खतिवडा सचिवमा निर्वाचित भएको सोसाइटीकै पूर्व अध्यक्ष प्रविन झाले जानकारी दिएका छन् । चुनावपछि अपार्टमेन्टमा नयाँ कार्यसमितिलाई बधाई दिन अर्थमन्त्री डा. खतिवडा समेत पुगेको भनिएपनि आधिकारीक पुष्टि भएको छैन ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6