Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalनेपालमा कोरोना संक्रमित बढेसँगै बैशाख १५ गतेसम्म लम्ब्याइयो लक डाउन, भीडभाड रोकेर साथ दिन अपिल 

नेपालमा कोरोना संक्रमित बढेसँगै बैशाख १५ गतेसम्म लम्ब्याइयो लक डाउन, भीडभाड रोकेर साथ दिन अपिल 


पुण्यप्रसाद  धमला, काठमाडौं । नेपालमा आजसम्मका लागि तोकिएको लक डाउन १२ दिन थपेर बैशाख १५ गतेसम्म पुर्याइएको छ । मन्त्रिपरिषद बैठकले १२ दिन समयसिमा थप्ने निर्णय गर्दै बैशाख १५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

कोरोना संक्रमित बढिरहेको समयमा भाइरसको संक्रमण फैलिन नदिनका लागि लकडाउन बढाउनुपरेको भन्दै सरकारले भीडभाड नगर्न, अत्यावश्यक काम भएमात्रै सुरक्षित भएर घर बाहिर निस्कन सबै देशवासीमा अपिल गरेको छ। चैत ११ गतेबाट सुरु भएको लक डाउन पहिलो पटक १८ गतेसम्म तोकिएको थियो । दोश्रो पटक ७ दिन थपेर २५ गतेसम्म र तेश्रो पटक ८ दिन थपेर बैशाख तीन गते पुर्याइएको लक डाउमा पुनः १२ दिन थपेर बैशाख १५ सम्म पुर्याइएको छ ।

र्यापिड किटको परिक्षणबाट संक्रमित बढेसँगै कोरोनाको जोखिम कम गर्न लक डाउन थप्नुको विकल्प नभएको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री डा.युवराज खतिवडाले जानकारी दिनुभयो । यस्तै सरकारले काठमाडौँ उपत्यका तथा बाहिरी जिल्लामा कोरोना भाइरसका संक्रमित बढ्न थालेपछि छ टी को अवधारणा अनुसार रोकथाम तथा उपाचारको काम अघि बढाएको छ । सरकारले ट्राभल रेष्टिक्सन, टेष्टिङ, ट्रेसिङ, ट्याकिङ, ट्रिटमेन्ट र टुगेदर को फरमुला अनुसार कोरोना नियन्त्रण र उपचारको कामलाई अघि बढाएको छ । लक डाउनसँगै देशभरको यातायात सेवा ठप्प छ भने सबै अन्तर्राष्ट्रिय उडान वैशाख १८ गतेसम्मका लागि बन्द गरिएको छ ।

लक डाउनका कारण समस्यामा परेका विपन्न र ज्याला मजदुरीमा गुजारा धान्नुपर्नेलाई स्थानीय सरकार मार्फत राहत दिइदै आइएपनि राहतमै राजनीति भएको आवश्यकता हुनेले भन्दा जनप्रतिनिधिका चिनजान र निकटहरुले राहत पाएको भन्दै बिरोध भैरहेको छ । मंगलबार मात्रै छिमेकी राष्ट्र भारतले १९ दिन लक डाउन बढाउने निर्णय गरेको थियोे ।


ट्याग : ##Nepal#Corona Update Nepal, #AIBT, #Australia
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6