Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaशेष घलेको कलेजले आफ्ना विदेशी विद्यार्थीका लागि छुट्यायो १० लाख डलर

शेष घलेको कलेजले आफ्ना विदेशी विद्यार्थीका लागि छुट्यायो १० लाख डलर


मेलवर्न
अष्ट्रेलियाका अर्बपति शेष घलेले संचालन गरेको मेलवर्न इन्ष्टिच्युट अफ टेक्नोलोजीले कोरोनका कारण आर्थिक संकट भोगिरहेका आफ्ना विद्यार्थीलाई सहायता दिने १० लाख डलरको कोष निमार्ण गरेको छ ।

कोरोना भाईरसका कारण दैनिक गुजारा चलाउन र पढ्नका लागि आर्थिक संकट भोगिरहेका आफ्नो विद्यार्थीका लागि सहयोग गर्न कोष निमार्ण गरिएको इन्ष्टिच्युटले जनाएको छ । शुक्रबार एक विज्ञप्ती जारी गर्दै एमआइटीले भनेको छ हाम्रा केही विद्यार्थीले जागिर गुमाएका छन्, घर फर्कन पनि सकेका छैनन् र उनीहरुलाई अष्ट्रेलियामा गुजारा चलाउन पनि धौ धौ परिरहेको छ । यस्तो अवस्थामा हाम्रा विद्यार्थीको सुरक्षा हाम्रो उच्च प्राथमिकतामा पर्दछ । र यो दुखको घडीमा हामी सकेको सहयोग गर्दछौ ।
दश लाख डलर कोषबाट एक जना विद्यार्थीले एक पटकका लागि बढीमा ५ सय डलरसम्म सहायता रकम पाउनेछन् । यो रकम फिर्ता गर्न पर्नेछैन । सहायता रकम पाउनका लागि भने सन् २०२० मा पहिलो ट्राइमेष्टरमा भर्ना भएको हुनुपर्ने जनाइएको छ । यो कोषबाट एमआइटीका सिड्नी र मेलवर्न क्याम्पसमा पढ्ने योग्यता पुगेका विद्यार्थीले राहत पाउनेछन् ।

Press release of MIT

थप मापदण्डहरु निर्माण कै क्रममा रहेको विज्ञप्तीमा भनिएको छ । यो सहायता कोष एमआइटी कलेजको फाउण्डेसनमार्फत वितरण गर्न लागिएको हो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6