Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaओली एण्ड एशोसिएट्सले अष्ट्रेलियामा नेपाली विद्यार्थीलाई खाद्यान्न बाड्ने

ओली एण्ड एशोसिएट्सले अष्ट्रेलियामा नेपाली विद्यार्थीलाई खाद्यान्न बाड्ने


ओली एण्ड एशाेसिएट्सले नेपाली विद्यार्थीलाई खाद्यान्न बाड्ने ब्रिजवेन पछिल्लाे समय काेभिड १९ का कारण प्रभावित बनेका नेपाली विद्यार्थीलाई सहयाेग गर्न अष्ट्रेलियाका शैक्षिक परामर्शदाता कन्सलटेन्सीहरु जुट्न थालेका छन् ।

त्यसै क्रममा ओली एण्ड एसाेसिएट्सले अष्ट्रेलियाका नेपाली विद्यार्थीलाई ५० डलर बराबरकाे खाद्यान्न वितरण गर्ने जनाएकाे छ । साेमबार एसाेसिएट्सले जारी गरेकाे विज्ञप्तीमा भनिएकाे छ- ‘ब्यवसायिक सामाजिक दायित्व पूरा गर्दै ओली एण्ड एसोसिएट्सले कोरोना भाईरसका कारण प्रभावित बिद्यार्थीलाई प्रतिव्यक्ति ५० डलर बराबरको आधारभुत ग्रोसरी सहयोग गर्ने घोषणा गरेको हो ।’

यो सहयोग रकम पाउन ओली एण्ड एशोसिएट्सबाट अष्ट्रेलिया आएकै विद्यार्थी हुनुनपर्ने बताईएकाे छ । सहयाेग लिनका लागि विद्यार्थीले मे १० तारिखभित्र याे फारम भरेर पठाउनुपर्नेछ । ओली एण्ड एसोसिएट्सले कोरोना भाईरसको संक्रमणको कारण बेरोजगार भएका र दैनिक जीवन यापनमा समेत समस्या भएका विद्यार्थीहरुको लागि गैर आवासीय नेपाली संघ अस्ट्रेलिया र अस्ट्रेलियन एजुकेसन कन्सलटेन्स अलाएन्सको अभियानमा ऐक्यवद्धता जनाइसकेको छ । कोरोना भाईरसको संक्रमणको अवस्थालाई हेरेर बिद्यार्थीहरुलाई आगामी दिनहरुमा थप सहयोगहरू घोषणा गर्दै जाने प्रवन्ध निर्देशक भवानी ओलीले बताउनुभयाे ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6