Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsवेलायतले पनि सुरु गर्यो कोरोना प्रतिरोधी खोपको मानव परिक्षण

वेलायतले पनि सुरु गर्यो कोरोना प्रतिरोधी खोपको मानव परिक्षण


सिड्नी

कोरोना भाईरस विरुद्धको लडाईमा वेलायत पनि अग्रपंतिमा देखिएको छ । वेलायतको अक्सफोर्ड विश्वविद्यालयले कोरोना प्रतिरोधी खोपको मानव परिक्षण सुरु गरेको हो ।
वेलायतमा खोपको नमुना पहिलो पटक दुई जना स्वयमसेवीको शरिरमा लगाईएको छ ।
खोप लगाएकी एक स्वयमसेवी भने वैज्ञानिक हुन् । ती स्वमसेवीले भनिन् – ‘म वैज्ञानिक हु । त्यसैले यो वैज्ञानिक परिक्षणमा म जहाँ रहेर पनि साथ दिन चाहान्छु ।’

परिक्षणका लागि ८ सयभन्दा बढी स्वयमसेवी नियुक्त गरिएको छ । यी मध्ये आधालाई कोरोना विरुद्धको खोप र अन्यलाई मेनन्नजाईटिस विरुद्धको खोप लगाईने बिबिसीले जनाएको छ ।
स्वयमसेवीलाई आफुले कुन चाहि खोप लगाईरहेको छु भन्ने थाहा हुदैन ।तर चिकित्सकहरुले भने त्यसको निगरानी गरिरहेको हुनेछन् ।
यो खोप निर्माणमा अक्सफोर्डका वैज्ञानिकहरुको समुहले ३ महिना खर्च गरेको छ ।
खोप अनुसन्धानका एक वैज्ञानिक सारा गिलवर्टले आफु यो खोप सफल हुनेमा आफु निकै हदसम्म ढुक्क रहेको बताउनुभयो ।

यो खोप चिपाङजिलाई लाग्ने सामान्य रुघाको कमजोर तह प्रयोग गरि बनाईएको बिबिसीले जनाएको छ । यो तहलाई मानव शरिर बृद्धी नहुने गरि परिमार्जन गरिएको छ ।
खोपको प्रयोगपछि संक्रमणको दर घटेमा यसले काम गरेको प्रमाणित हुनेछ । आगामी महिना थप ५ हजार स्वयमसेवीमा यो खोपको परिक्षण गरिनेछ ।
यस अघि अमेरिकाले पनि कोरोना खोपको मानव परिक्षण गरिरहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6