Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaकोरोनाका कारण जागिर गुमाएका नेपाली विद्यार्थीका लागि अष्ट्रेलियामा निशुल्क अनलाईन शिविर

कोरोनाका कारण जागिर गुमाएका नेपाली विद्यार्थीका लागि अष्ट्रेलियामा निशुल्क अनलाईन शिविर


मेलवर्न
कोरोनाका कारण अष्ट्रेलियामा थुप्रै अन्तराष्ट्रिय विद्यार्थीले जागिर गुमाएका छन् । त्यसमा नेपाली विद्यार्थीको संख्या पनि उल्लेख्य छ ।
तीनै जागिर गुमाएका विद्यार्थीलाई कोरोनाका कारण बद्लिएको अवस्थामा कसरी पुनः जागिरमा फर्कने अवसर पाउने भन्ने विषयमा निशुल्क अनलाईन शिविर आयोजना हुन लागेको छ ।

मेलवर्नमा रहेको टि डब्लु जिजि भिषा एण्ड माईग्रेसन सर्भिसले नेपाली विद्यार्थीका लागि निशुल्क शिविर संचालन गर्न लागेको हो ।
टिडब्लु जिजिले  करियर क्लब नामक रिक्रुटमेन्ट संस्थासंग मिलेर शिविर संचालन गर्न लागेको हो ।
शिविरमा तालिम प्राप्त प्रशिक्षकले अहिलेको विषम परिस्थितीका चुनौति, यसको निराकरण र नयाँ परिवेश बारे जानकारी मात्र दिने छैन बरु नयाँ क्षेत्रमा जागिर पाउनका लागि विद्यार्थीलाई योग्य बनाउन सहयोग गर्ने जनाईएको छ । त्यस्तै विद्यार्थीले यो शिविरबाट आफुलाई नयाँ जागिरका लागि थप शसक्त बन्नका लागि रेज्युमिमा सुधार, अन्तरवार्ता र अन्य व्यक्तिगत वृत्तिविकासमा समेत परिमार्जन गर्न सक्नेछन् ।
यो शिविरको शुल्क ३ सय डलर पर्ने भएपनि यो विशेष समयका लागि निशुल्क गरिएको टिडब्लु जिजिका निर्देशक टोनु घोतानेले जानकारी दिनुभयो ।
‘हामी यो विषम घडीमा विद्यार्थीलाई माछा होईन, बल्छी दिएर आफै माछा मार्न सक्ने बनाउन कोसिस गरिरहेका छौ’-घोतानेले भन्नुभयो ।

करियर क्लबले वर्षौदेखि अष्ट्रेलियन बजारको माग अनुसार विद्यार्थीलाई उनीहरुको करियर निर्माणमा सहयोग गर्दै आएको छ ।
टिडब्लु जिजिले आफ्ना ग्राहक र विद्यार्थीका लागि सुरु गरेको यो शिविरमा सहभागी हुन मे १५ भित्रमा  याे फारम   भरिसक्नुपर्नेछ । 
विद्यार्थीको संख्या अनुसार शिविरको समय र तालिका तय गरिने बताईएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6