Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsजडिबुटीको समिश्रणबाट नेपालमै कोरोनाको औषधी बनाइएको दाबी, उपयोगिताको अनुसन्धानमा समस्या

जडिबुटीको समिश्रणबाट नेपालमै कोरोनाको औषधी बनाइएको दाबी, उपयोगिताको अनुसन्धानमा समस्या

नेपाली वैज्ञानिक


पुण्यप्रसाद धमला, काठमाडौं । नेपालस्थित एक प्राध्यापकले कोरोना निर्मुल पार्ने औषधी तयार गरेको दाबी गरेका छन् ।

कोरोनाको महामारी रोक्न बिश्व जगत असफल भैरहेको समयमा प्राध्यापक डा। ललितकुमार दासले विभिन्न जडिबुटीको सम्मिश्रणबाट औषधी निर्माण गरेको दाबी गरेका हुन् । डा। दासले करिब २५ दिन लगाएर आफ्नो प्रयोगशालामा केही एन्टीअक्सिडेन्ट एक्टिभिटी र इन्जीमेटिक एक्सन भएको प्लान्टको शोध मार्फत औषधी तयार गरेको बताएका छन् ।

कहाँ पुग्यो औषधी बारेको खोज अनुसन्धान ?

कोरोना बिरुद्धको औषधी तयार पारेको दाबी गरिएपनि यसको उपयोगिता र संक्रमितमा पार्ने प्रभाव बारे अनुसन्धान भने हुन सकेको छैन । वन विज्ञान अध्ययन संस्थानको प्रयोगशालामा यसको थप परीक्षणका लागि चाहिने सुविधा नभएको भन्दै डा। दासले सरकारसँग थप सहयोगको आव्हान गरेका छन् । यसअघि यीनै प्राडाले जडीबुटीमा आधारित हर्वल स्यानिटाइजर बनाएका थिए । अध्ययन संस्थानका प्रमुख विजय यादवलगायतका वैज्ञानिक र रसायनविज्ञहरू ले प्रयोगशालामा पुगेर जानकारी लिएपनि औषधीको उपयोगिता बारे थप अनुसन्धान कसरी गर्ने भन्ने एकिन भएको छैन ।

को हुन त कोरोना निकोपार्ने औषधी बनाएको दाबी गर्ने डा.दास ?

भारतको बनारस हिन्दु विश्वविद्यालयबाट फाइटो केमेस्ट्रीमा पिएचडी उपाधि हासिल गरेका डा। दास त्रिभूवन विश्वविद्यालय अन्तर्गतको हेटौँडास्थित वनविज्ञान अध्ययन संस्थानका प्राध्यापक हुन । विगत २२ वर्षदेखि अनुसन्धान र अध्यापनमा संलग्न रहेका डा। दास बागमती प्रदेशको केमिकल सोसाइटीमा उपाध्यक्ष समेत छन् ।

चीन, जर्मनी, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, फ्रान्स,अस्ट्रेलिया,क्यानाडा, भारत लगायतका दर्जनौँ मुलुक कोरोनाको उपचार पद्धति र औषधीको खोजीमा जुटिरहेका बेला नेपालमा जडिबुटी वा हर्वल पद्धतीबाट कोरोना बिरुद्धको औषधीको खोजी हुनु सकारात्मक कुरा हो ।

हुनत, कोरोना भाइरसको औषधी निर्माण गर्न विभिन्न निर्देशिका अनुरुप कडा मेहनत गरेको डा। दासको दाबी छ । यद्यपी उनको दाबीले पुर्णता पाउन परिक्षणका विभिन्न चरण पार गर्नुपर्ने हुन्छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6