Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा फसेका नेपाली फिर्ता पठाउने प्रयास असफल

अष्ट्रेलियामा फसेका नेपाली फिर्ता पठाउने प्रयास असफल

मे १५ मा पनि तेस्रो पटक नेपाली विमान अष्ट्रेलिया आउदै


क्यानबेरा, दोस्रो पटक पनि अष्ट्रेलियाबाट नेपाली विमान रित्तै फर्कने भएको छ । अष्ट्रेलियामा फसिरहेका नेपालीलाई स्वदेश फर्काउने क्यानवेरास्थित नेपाली दूतावासको प्रयास सफल हुन नसक्दा विमान रित्तै फर्कने अवस्था आएको हो ।
मे ६ तारिखमा अष्ट्रेलिया र न्युजिल्याण्डका नागरिक र बासिन्दा लिएर नेपाली विमान दोस्रो पटक अष्ट्रेलियाको सिड्नी उत्रिदै छ । यो विमानमा स्वदेश फर्कन माग गर्दै अष्ट्रेलियामा रहेका १ हजार जनाभन्दा बढी नेपालीले नेपाली दूतावास क्यानबेरामा निवेदन दिएका छन् । त्यसरी निवेदन दिनेमा पुर्व क्रिकेट खेलाडी अनिल अधिकारी समेत छन् । मेलवर्नमा फसेका अधिकारीले त स्वदेश फर्कन पाउ भन्दै ८ घण्टे भोक हड्ताल समेत गरेका छन् । छोराछोरी भेट्न, घुम्न र विभिन्न कार्यक्रमा सहभागी हुन आएका मात्र होईनन् यही पढिरहेका केही विद्यार्थी समेत स्वदेश फर्कन चाहान्छन् ।
यसअघि अप्रिल २ तारिखमा पहिलो पटक आएको नेपाली विमान पनि रित्तै फर्किएकाले यसपाली यहा“ फसेको नेपालीलाई जसरी भएपनि फर्काउन जनदबाव सिर्जना भएको छ ।
त्यहि दबावमा टेकेर राजदूत महेशराज दाहालले पटक पटक परराष्ट्र मन्त्रालयमा यसबारे जानकारी गराएका थिए । नेपाल ट्युबलाई प्राप्त जानकारी अनुसार राजदूत दाहालले औपचारिक बाहेक अनौपचारिक माध्यमबाट समेत उच्चस्तरिय प्रयास गरेका थिए । तर, राजदूतले पठाएको पत्र परराष्ट्र मन्त्रालयले कोरोना नियन्त्रणका लागि बनेको उच्च स्तरिय समितिमा शुक्रबार पेश गरेको थियो ।

स्वदेश फर्कन माग गर्दै अष्ट्रेलियामा भोक हड्तालमा बसेका पूर्व क्रिकेट खेलाडी अनिल अधिकारीको ब्यानर

तर, समितिले विदेशीमा बस्ने नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश फर्काउने तयारी गर्ने तय गरेपनि अष्ट्रेलियामा फसिरहेका नेपालीलाई तत्काल फिर्ता ल्याउने विषयमा भने कुनै निर्णय नै गरेन । निर्णय नै हुन नसकेपछि तत्कालका लागि अष्ट्रेलियामा फसिरहेका नेपालीहरुको घर फर्कने बाटो बन्द भएको छ । सरकारले विदेशबाट आफ्ना नागरिक फिर्ता नलाने नीति लिएका कारणले अष्ट्रेलियामा फसेका नेपालीलाई स्वदेश फर्काने प्रयास असफल भएको राजदूत महेशराज दाहालले जानकारी दिनुभयो । दूतावासले विज्ञप्ती जारी गरेर अष्ट्रेलियामा रहेका नेपालीलाई जहा छ त्यहि सुरक्षित रहन आग्रह गरेको छ ।
काठमाडौस्थित अष्ट्रेलियाली दूतावासका अनुसार मे १५ मा पनि तेस्रो पटक नेपाली विमान अष्ट्रेलिया आउदैछ । पहिलो र दोस्रो पटकको प्रयास असफल भएपनि तेस्रो पटक भने यहा फसेका नेपालीलाई घर फर्काउन नेपाल सरकार गम्भीर बनोस् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6