Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsविदेशबाट नेपालीकाे उद्दार, अष्ट्रेलिया हाेईन प्राथमिकतामा खाडीका कामदार ।

विदेशबाट नेपालीकाे उद्दार, अष्ट्रेलिया हाेईन प्राथमिकतामा खाडीका कामदार ।

७० प्रतिशतले स्वदेश फर्कन चाहान्छन्


पुण्यप्रसाद धमला, काठमाडौं । कोभिड १९ कोरोनाको महामारीसँगै विश्वका २ सय १० देशको जनजीवन प्रभावित भएको छ । के अमेरिका के युरोप अनि अस्ट्रेलिया, एसियासँगै नेपाल नै किन नहोस कोरोनाको कहरले सबैलाई पिरोलेको छ ।

कतिपय देशले अन्य मुलुकमा फसेका आफ्ना नागरिक उद्धार गरिरहँदा नेपालले पनि विभिन्न देशमा समस्यामा परेका नागरिकको उद्धार तथा स्वदेश फिर्ताको गृहकार्य गरिरहेको छ । तर विश्वका ७५ बढी मुलुकमा शिक्षा, रोजगारी र पेशा व्यवसायका क्रममा पुगेका करिब ५० लाख नेपालीहरु मध्ये निक्कै कम अर्थात केही हजारले मात्रै सरकारी पहलमा स्वदेश फर्कन पाउनेछन् ।

ठूलो सङ्ख्यामा नेपालीलाई एकसाथ स्वदेश फर्काउन ठूलै स्रोत साधनको आवश्यकता पर्ने भन्दै सरकारले विभिन्न कारणले अलपत्र परेका, बिरामी तथा अशक्त व्यक्तिलाई पहिलो प्राथमिकतामा राखेर उद्धार गर्ने रणनीति बनाएसँगै अमेरिका, युरोप, अस्ट्रेलिया, क्यानडा लगायतका सम्पन्नशाली मानिने राष्ट्रमा रहेका नेपालीहरु प्राथमिकतामा पर्नेछैनन । बीसौँ लाख नेपाली आप्रवासी श्रमिकका रुपमा खाडी, मलेसिया तथा अन्य मुलुकमा रहेकाले आनआरएन तथा विभिन्न संघ संगठनको पँहुच र सहयोग नपाउने बैदेशिक रोजगारीमा रहेका श्रमिकलाई प्राथमिकतामा राखेर उद्धार तथा स्वदेश फिर्ताको कार्यक्रम अघि बढाउने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले बताउनुभयो ।

नेपाल ट्युवसँग मन्त्री यादवले भन्नुभयो- ‘विदेशमा रहेका नेपालीलाई तत्कालका लागि जहाँ भए पनि सुरक्षित बस्न आग्रह गरेका छौँ, कतिपय मुलुकले कोभिड–१९ बाट प्रभावित आप्रवासी श्रमिकलाई घोषणा गरेको राहत कार्यक्रमबारे दूतावासमार्फत जानकारी लिई लाभ लिन अनुरोध गर्दछु । उच्च शिक्षा तथा पेशा व्यवसायका क्रममा युरोप, अमेरिका, अस्ट्रेलिया लगायतका सम्पन्न देश पुगेकाहरु भन्दा आप्रवासी श्रमिकलाई राज्यले हेर्नुपर्ने समय आएको छ।’

खाडी मुलुकका नेपाली श्रमिक मात्रै होइन्, अस्ट्रेलिया, जापान, अमेरिका, क्यानडा, पोल्याण्ड, जर्मनी, साईप्रस जस्ता देशमा रहेका नेपाली समेत गरि विदेशमा रहेका ७० प्रतिशतले स्वदेश फर्किन चाहिरहेको एनआरएनएले गरेको सर्वेक्षणले देखाएको छ । विभिन्न देशले विमान नै पठाएर नेपाल लगायतका देशबाट आफ्ना नागरिक उद्धार गरिरहँदा शिक्षा, रोजगारी तथा पेशा व्यवसायका क्रममा नेपाल बाहिर रहेकाहरु पनि आफ्नो मातृभुमि फर्किन चाहानु स्वभाविक भएपनि सरकारले अहिलेसम्म चीनबाट केही विद्यार्थी ल्याउने र भारतमा फसेका केहीको उद्धार बाहेक कसैलाई पनि स्वदेश फर्काउन सकिरहेको छैन ।

नेपालमा अहिलेसम्म कोरोना नियन्त्रणमै रहेपनि विदेशमा रहेका नेपालीमा संक्रमण देखिने र मृत्यु हुने क्रम बढ्दो छ । अहिलेसम्म विभिन्न २२ देशमा रहेका करिब २३ सय नेपाली कोरोनाबाट संक्रमित हुँदा ४८ नेपालीको मृत्यु भैसकेको छ । बेलायतमा मात्रै ३३ नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको छ  भने अमेरिकामा १०, युएईमा दुई तथा आयरल्यान्ड, जापान र टर्कीमा एक\एकजनाको ज्यान गएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6