Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsअस्ट्रेलिया र अमेरिकाका नेपालीले स्वदेश फर्किन नपाउने, यी ७ राष्ट्रमा केन्द्रित हुँदै सरकारी उद्धार

अस्ट्रेलिया र अमेरिकाका नेपालीले स्वदेश फर्किन नपाउने, यी ७ राष्ट्रमा केन्द्रित हुँदै सरकारी उद्धार


पुण्यप्रसाद धमला, काठमाडौं । वैदेशिक रोजगारीमा रहेका करिब साँढे ५ लाख नेपालीले स्वदेश फर्किने इच्छा जाहेर गरेका छन् । कोरोना संक्रमणका कारण समस्यामा परेका नेतालीहरुले स्वदेश फर्किन हारगुहार गरेसँगै सरकारले गरेको प्रारम्भिक अध्ययनले अन्तर्राष्ट्रिय उडान खुल्नासाथ ५ लाख ३४ हजारले नेपाल आउने प्रतिक्षामा रहेको देखाएको हो ।

श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय अन्तरगतको वैदेशिक रोजगार बोर्डका अनुसार लकडाउन नखुल्दै विश्वका विभिन्न देशमा १ लाख २७ हजार नेपालीले स्वदेश फर्किने इच्छा जाहेर गरेका छन् । समस्यमा परेका नेपालीलाई उद्धारका लागि पहल सुरु भएपनि सरकारले निर्णय गरेपछि मात्रै स्वदेश फर्काउने प्रक्रियाले पुर्णता पाउने श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय अन्तरगतको वैदेशिक रोजगार बोर्ड सचिवालयका कार्यकारी निर्देशक राजन श्रेष्ठले जानकारी दिनुभयो । लकडाउन खुलेलगत्तै स्वदेश फर्किने इच्छा व्यक्त गर्ने नेपालीको संख्या निक्कै ठूलो भएकाले सरकारले अब के–के गर्ने भन्ने सुझावसहितको प्रतिवेदन तयार गरेर बोर्डले श्रम मन्त्रालयमा बुझाइसकेको छ ।

समितिले एयरपोर्टमा झरेपछि घरसम्म कसरी लैजाने भन्ने व्यवस्थापन गर्न यहाँ सरकारी स्तरको व्यवस्थापन समिति र विदेशमा दूतावास र गैरआवासीय नेपाली संघसहित सामाजिक संघसंस्थाका प्रतिनिधि सम्मिलित समिति बनाएर उद्धार र स्वदेश फिर्ताको काम थाल्न सरकारलाई सुझाब दिएको छ । अहिलेसम्म कतार, यूएई, साउदी अरब, कुवेत, बहराइन, ओमान र मलेसिया समेत गरी ७ देशका कामदारहरुको मात्रै लागत संकलन र उद्धारलाई प्राथमिकता दिदै आएको छ ।

युरोप अमेरिकामा शिक्षा, व्यवसाय तथा रोजगारीका क्रममा रहेका थुप्रै नेपालीहरु स्वदेश फिर्ता हुन चाहिरहेपनि सरकारले उनीहरुको उद्धारमा चासो दिएको छैन । श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले रोजगारीका क्रममा विभिन्न सातवटा मुलुकमा पुगेका आप्रवासी नेपाली श्रमिकको तुलनामा अस्ट्रेलिया, अमेरिका, क्यानडा लगायतका देशमा रहेका नेपालीहरुले निक्कै कम समस्या ब्यहोर्नुपरेका कारण खाडीका नेपालीलाई नै प्राथमिकतामा राख्नुपरेको बताउनुभयो ।

अन्तर्राष्ट्रिय उडान बन्द भएपछि विदेशमा विभिन्न कारणले ज्यान गुमाएका ११ नेपालीको शव ल्याउन सकिएको छैन । आईओएमको तथ्यांकले करिब २३ लाख ६५ हजार ८ सय ७५ जना नेपाली विश्वका विभिन्न भागमा विभिन्न प्रयोजनमा पुगेको देखाएको छ । अन्य मुलुकमा भिजिट भिसा बाहेक १४ लाख ८७ हजार ४ सय ५२ जना कामको लागि अनुमति लिएर गएको तथ्यांक छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6