Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustralia२८१ यात्रु बोकेर सिड्नी उड्यो नेपाली विमान, फर्कदा काेराेना जाच्ने ३० हजार किट लैजाने (फाेटाे फिचर)

२८१ यात्रु बोकेर सिड्नी उड्यो नेपाली विमान, फर्कदा काेराेना जाच्ने ३० हजार किट लैजाने (फाेटाे फिचर)


काठमाडौं । नेपाल एयरलाइन्सको वाइडबडी जहाज बुधवार दिउसो काठमाडौबाट सिड्नीका लागि उडेको छ ।
नेपाली विमान यात्रु बोकेर दोस्रो पटक अष्ट्रेलिया आउन लागेको हो । विमानमा अष्टे्रलिया र न्यूजिल्याण्डका २ सय ८१ जना यात्रु रहेको नेपालस्थित अष्ट्रेलियन दूतावासले उल्लेख गरेको छ । कोरोनाका कारण उनीहरु नेपालमा अड्किएका थिए ।

उडान भर्नुअघि त्रिभुवन विमानस्थलमा यात्रुकाे व्यवस्थापन गर्दै अष्ट्रेलियन दूतावासका अधिकारीहरु । तस्बिर- Australian Embassy in Nepal

यो जहाज सिड्नीबाट रित्तै फर्किएपनि मलेसियाबाट भने काेराेना जाच्ने ३० हजार किट लिएर नेपाल फर्कने नेपालस्थित अष्ट्रेलियन दूतावासले जनाएकाे छ।  ती किटका बारेमा विस्तृत जानकारी आउन बाकी छ । भाइरसको संक्रमण भित्रने डरले नेपालले विदेशबाट नेपालमा यात्रु आउन प्रतिवन्ध लगाएको छ । यसअघि अप्रिल २ मा नेपाली विमानले अष्ट्रेलियाको व्रिजवेनका लागि उडान भरेको थियो ।नेपाली विमान दुइ पटक नै रित्तै फर्कने भएपछि अष्ट्रेलियाबाट घर फर्कन खोजेका नेपाली निराश बनेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6