Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaन्यु साउथ वेल्सले संकटमा परेका विदेशी विद्यार्थीलाई बस्ने व्यवस्था गरिदिने

न्यु साउथ वेल्सले संकटमा परेका विदेशी विद्यार्थीलाई बस्ने व्यवस्था गरिदिने

ढिला गरि सहायता दिएकाे भन्दै आलाेचना


सिड्नी
कोरोनाबाट प्रभावित भएका अन्तराष्ट्रिय विद्यार्थीका लागि ढिलै भएपनि न्यु साउथवेल्स राज्यले सहायता घोषणा गरेको छ ।

न्यु साउथ वेल्सले संकटमा परेका विद्यार्थीलाई बस्ने व्यवस्था गरिदिन लागेको हो । सरकारबाट स्विकृतप्राप्त होमस्टे र विद्यार्थी होस्टेलमा त्यस्ता विद्यार्थीलाई राख्नका लागि सरकारले बजेट छुट्याएको हो । जसका लागि सरकारले २० मिलियन डलर बजेट छुट्याएको छ । त्यस्तै विदेशी विद्यार्थीका लागि निशुल्क कानुनी सेवा समेत उपलब्ध हुनेछ । कोरोनाका कारण बन्द भएका रेष्टुरेन्ट, पव र क्लब खुलेकै दिन न्युसाउथवेल्स सरकारले विदेशी विद्यार्थीका लागि पनि राहत घोषणा गरेको हो । अष्ट्रेलियाका राज्यहरुमध्ये सबैभन्दा धेरै अन्तराष्ट्रिय विद्यार्थी न्यु साउथ वेल्स राज्यमा छन् । तर उनीहरुका लागि राज्यले राहत उपलब्ध नगराएको भन्दै आलोचना समेत भएको थियो । विद्यार्थी युनियन र विजनेस ग्रुपहरुको पहलमा न्युसाउथवेल्स सरकारले राहत घोषणा गरेको हो ।
हाल अष्ट्रेलियामा ५ लाख जति विदेशी विद्यार्थी छन् । कोरोनाका कारण धेरै व्यवसाय बन्द भएका कारण अन्तराष्ट्रिय विद्यार्थीले जागिर गुमाएका छन् ।
अन्तराष्ट्रिय विद्यार्थीहरुले जागिर गुमाएपनि सरकारका जव किपर र जव सिकर सहायता प्याकेज पाउन योग्य हुदैनन् ।
यसअघि भिक्टोरिया सरकारले पनि अन्तराष्ट्रिय विद्यार्थीका लागि राहत घोषणा गरिसकेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6