Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकोरोनाको महामारीमा नेपाल भारत सिमा टकराब

कोरोनाको महामारीमा नेपाल भारत सिमा टकराब


काठमाडौं । कोरोनाको महामारी जारी रहदा नेपाल भारतबीचको सम्बन्ध चिसिएको छ । नेपाल भारत सम्बन्धमा नयाँ टकराब पैदा गराउने कारक बनेको छ, भारतले लिपुलेकस्थित नेपाली भूमि हुँदै तिब्बतको मानसरोबर पुग्ने गरि बनाएको सडकमार्ग । कोभिड १९ को महामारीकाबीच भारतले यो सडकमार्ग उद्धघाटन गरेपछि नेपालमा त्यसको चर्को बिरोध भयो । लकडाउन जारी रहँदा सडकमा भारतीय कदमको बिरोधमा आन्दोलन भयो । सदनमा सांसदहरुले सरकारलाई तत्काल भारतको हेपाहा प्रबृत्तिको प्रतिवाद गर्न भन्दै दबाब दिए ।

चौतर्फी दबाबको सामना गरेको सरकारले दुई पटक कुटनीतिक नोट पठाएर भारतलाई सम्वादबाट सीमा विवाद समाधानको थालनीको पहल गर्यो । तर भारतले आफ्नै भूमिमा सडक बनेको दाबी सहित कोरोना महामारीपछि मात्रै बिवादको निकास खोज्ने प्रतिउत्तर पठाएपछि सरकार भारतमाथी थप दबाब बढाउने निष्कर्षमा पुग्यो । र सरकारले बुधबार मात्रै भारतले आफ्नो दाबी गर्दैआएको भुमि समेटेर पारित गरिएको नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गर्यो ।

नेपाललले नयाँ नक्सा सार्वजनिक गरेसँगै भारतले प्रतिउत्तर फर्काएको छ । भारतीय विदेश मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै नेपालले जारी गरेको नक्सामा आफ्नो भूभाग परेको दाबी सहित एकपक्षीय रुपमा गरेको यो कार्य ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नभएको भन्दै स्विकार्य नहुने बताएको छ । सीमा विवाद द्वीपक्षीय कूटनीतिक सम्वादमार्फत समाधान गर्ने समझदारी विपरित नेपालले बनावटी दाबी गरेको भारतीय आरोप छ । अनुचित दाबी नगर्न र भारतको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्न समेत भारतले आग्रह गरेको छ ।

नेपाली नेतृत्वले कूटनीतिक सम्वादमार्फत सीमा विवाद समाधान गर्ने वातावरण बनाउने विश्वास व्यक्त गरेको भारतीय विदेश मन्त्रालयको विज्ञप्तीले बिवादको समाधान खोज्न सहयोग गर्ला वा द्धन्द्ध थप बढाउला यो भने प्रतिक्षाको बिषय बनेको छ । हुन त, भारतले नोभेम्बरमा यसरी नै एकपक्षीय रुपमा नयाँ राजनीतिक नक्सा जारी गरेको थियो । जतिबेला नेपाली भूभागलाई समेटेर नक्सा जारी गरेको भन्दै नेपालले विरोध गर्नुका साथै कूटनीतिक नोट नै पठायो । सीमा विवाद सम्वादबाट हल गर्न भन्दै परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठकको मिति दुई पटक प्रस्ताव भयो । तर भारतले निकास खोज्ने भन्दा निरन्तर टार्ने काम मात्रै गरेको सरकारी अधिकारीहरु बताउँछन् ।

बिगतको एकलौटी रुपमा जारी गरेको भारतीय नक्सामा नेपालले चासो राख्दा बेवास्ता गर्ने अनि अहिले हतार हतार सीमा बिवादमा एकलौटी निर्णय भन्दै खण्डन । यसलाई परराष्ट्र क्षेत्रका जानकारहरु नेपालमाथीको दबाब कायम राख्ने स्वार्थी रणनीति भनिरहेका छन् । लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरेर बनाएको सडकले बिवाद निम्त्याउनासाथ सम्वाद गर्न चाहेको नेपाललाई बेवास्ता गर्दैै कोरोना महामारीको बहानावाजी गरेर टारेको सरकारी बुझाइ रहेको छ । सीमा बिवाद समाधानका लागि कुटनीतिक सम्वादमा जोड दिदै आएको सरकार पटक पटक भारतले टार्न खोजेपछि नयाँ नक्सा जारी गरेर दबाब दिन बाध्य मात्रै भएको छैन संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउन अग्रसर बनेको छ ।

नयाँ नक्सा जारी भएसँगै नेपालको अबको क्षेत्रफल कति भन्ने चासो बढिरहँदा गुमेको भूमि कहिले र कसरी फिर्ता आउने भन्ने अन्यौल कायमै छ । अस्ट्रेलिया, अमेरिका लगायतका देशमा लिपुलेकमाथी भारतले जमाएको प्रभावको बिरोध गैरहदा गैह्रआवासीय नेपाली संघ एनआरएनएले समेत तत्काल कुटनीतिक पहल थाल्न सरकारसँग आग्रह गर्दै भारतलाई थिचोमिचो रोक्न चेतावनी दिदैआएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6