Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsविदेशबाट १५ लाखले नेपाल आउन पाउने, अस्ट्रेलिया परेन प्राथमिकतामा

विदेशबाट १५ लाखले नेपाल आउन पाउने, अस्ट्रेलिया परेन प्राथमिकतामा


पुण्यप्रसाद धमला, काठमाडौं । विदेशमा अड्किएका करिब १५ लाख नेपालीलाई स्वदेश फर्काउनसक्ने गरी सरकारले तयारी थालेको छ । दुई महिना पुग्न लागेको लकडाउन र उडान स्थगनले विदेशमा रहेका नेपालीहरुका लागि प्रवेश निषेध गरे पनि बढ्दो आक्रोश र दबाबपछि व्यवस्थित तरिकाले स्वदेश फर्काउने तयारीमा सरकार जुटेको हो ।

राजनीतिक रुपमा नो इन्ट्रीको अडान यथावत भएपनि आफ्ना नागरिकको दायित्वप्रती सरकार बेमतलबी भएको भन्दै चौतर्फी बिरोध भएपछि व्यवस्थित रुपमा उनीहरुलाई स्वदेश फर्काउने योजना र समन्वय गर्ने जिम्मेवारी सहित सेनाले काम गरिरहेको बताइएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले खाडी मुलुक, साइप्रस, इजरायल लगायतका ७ देशका करिब २० हजार नेपालीहरुको उद्धार अबको दुई सातामै भैसक्ने बताउनुभएको छ । विभिन्न सरोकारवाला मन्त्रालयसँग परामर्शका साथ नेपाली सेनाले थालेको तयारी अनुसार भारतबाट झण्डै ३ लाख ५० हजारदेखि चार लाखसम्म सडकमार्ग मार्फत र खाडी तथा अन्य मुलुकहरुबाट १० लाखसम्म नेपालीहरुलाई विमानमार्फत व्यवस्थित तरिकाले स्वदेश ल्याउने गृहकार्य भैरहेको छ ।

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले समेत विदेशमा रहेका नेपालीहरु कसरी सहज रुपमा ल्याउने भन्नेबारे गृहकार्य भैरहेको भन्दै दुई साताभित्रै करिब १५ लाख उद्धारको योजना सहित काम अघि बढ्ने बताउनुभयो । प्रस्तावित योजना अनुसार निश्चित समय र स्थानबाट नेपालतर्फ छिरेपछि अस्थायी ‘हेल्थ डेस्क’मा स्वाब परीक्षण गरी सम्बन्धित गृह जिल्लामा पुर्याएर दुई साता क्वारेन्टाइनमा राख्ने प्रावधान छ । यस्तै घरमा पुगेपछि समेत एक सातासम्म होम क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने व्यवस्था गरिएको छ । आइसोलेसन वा अस्पताल नै पुर्याउनुपर्ने अवस्था भए सुरक्षित तरिकाले सोही अनुसराको सेवा दिने योजना छ ।

भारतबाट ल्याइनेलाई काँकरभिट्टा, जोगवनी, जलेश्वर, वीरगञ्ज, वेलहिया, कृष्णनगर, जमुनाह, गौरीफन्टा, गड्डाचौकी, झुलाघाट, प्रलघाट, गुलरिया, त्रिवेणी, ठोरी, गौर, माडर र राजविराजलाई प्रवेश नाकाको रुपमा विकसित गरिने तयारी भैरहेको छ । केन्द्रीय क्राइसिस म्यानेजमेन्ट सेन्टरका अनुसार हाल भारत बाहेक विदेशमा रहेका ४० लाख नेपाली मध्ये पाँच लाख स्वदेश फर्कने सम्भावनालाई आँकलन गरेर नेपाली वायुसेवाबाट दैनिक करिब दुई हजार ल्याउनेबारे गृहकार्य गरिदैछ ।

पहिलो चरणमा खाडी मुलुकबाट मात्र नेपाली नागरिक उद्धार गर्ने भनिएपनि सबै मुलुकका नेपाली दूतावासहरुलाई फर्कन चाहनेहरुको व्यक्तिगत तथा स्वास्थ्य विवरण उपलब्ध गराउन केन्द्रीय क्राइसिस म्यानेजमेन्ट सेन्टरले सरकारमार्फत निर्देशन दिने तयारी गरेको छ ।
भारत, बंगलादेश र पाकिस्तानमा मेडिकल शिक्षा अध्ययनरत नेपाली विद्यार्थीहरुले तत्काल आफ्नो उद्धार गर्न नेपाल सरकारसँग आग्रह गरिरहेका छन् । यता, अमेरिका, अष्ट्रेलिया तथा युरोपका विभिन्न मुलुकहरुस्थित गैर आवासीय नेपाली संघले आआफ्ना ठाउँका दूतावासहरुलाई नेपाल फर्कन आवश्यक व्यवस्था मिलाउन दबाब दिदैआएका छन् । तर सरकारको प्राथमिकतामा युरोप, अमेरिका, अस्ट्रलिया भन्दा खाडी, ओमान, बहराइन लगायतका नेपाली आप्रवासी कामदार परेका छन् ।

स्वदेश ल्याउनुअघि काठमाडौँ लगायतका जिल्लाहरुमा पर्याप्त क्वारेन्टाइन, यातायात र परीक्षण किट उपलब्ध गराउने, विमानस्थलमा पर्याप्त प्रतिक्षा केन्द्र, हेल्थ डेस्क व्यवस्थापन गरिने छ । परराष्ट्र मन्त्रालय, नेपाली सेनासँगै जनसंख्या तथा स्वास्थ्य मन्त्रालय, गृहमन्त्रालय, यातायात मन्त्रालय, निजी यातायात व्यवसायी, प्रदेश सरकार, स्थानीय निकाय सबैको सामूहिक र छुट्टाछुट्टै दायीत्व निर्धारण गरेर विदेशमा रहेका नेपालीको उद्धार गरिने भएपनि अहिले नै अपर्याप्त देखिएका क्वारेन्टाइनका कारण तत्कालै भैहाल्ने सम्भावना देखिदैन ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6