Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा २५ वर्षीय नेपाली युवकलाई पित्तनलीको क्यान्सर, ज्यान बचाइदिन अपिल

अष्ट्रेलियामा २५ वर्षीय नेपाली युवकलाई पित्तनलीको क्यान्सर, ज्यान बचाइदिन अपिल

विशालको ज्यान जोगाउन जुट्न थाले नेपाली


ब्रिजवेन/सरल गुरुङ

अष्ट्रेलियाको ब्रिजवेनमा श्रीमती पढाउन संघर्ष गरिरहेका एक नेपाली युवकलाई पित्तनलीको क्यान्सर भएको छ । नेपालगन्ज स्थाई घर भएका २५ वर्षीय विशाल पौडेललाई गत मे १२ तारिखमा क्यान्सर भएको पुष्टी भएको हो । उनको हाल व्रिजवेनस्थित आरबि डब्लु एच अस्पतालमा उपचार भइरहेको छ । एक्कासी आखा र पिसाबमा पहेलो देखिएपछि जचाउनका लागि विशाल श्रीमतिसंगै अस्पताल पुगेका थिए । चिकित्सकले विभिन्न परिक्षण गरेर एकसाता पछि पित्तनलीको क्यान्सर भएको पत्ता लगाएका थिए । विशाल सन् २०१७ मा श्रीमतीलाई नर्सिङ पढाउन डिपेन्डेन्ट भिषामा अष्ट्रेलिया आएका थिए । काम गर्दै व्रिजवेनको नेपाली समाजमा सेवा गर्न तथा यहाको भलिवल खेलमा विशालले योगदान दिदै आएका छन् ।

उनको केही दिन अघि अप्रेसन गरेर पित्तनलीमा जमेको रगत सफा गरिएको छ । जटिल स्थानमा क्यान्सर देखिएकाले उपचार गर्न हिचकिचाएका चिकित्सकले विशाललाई घर फर्कन सुझाव दिएका छन् । विद्यार्थी भिषामा रहेका विशाल अहिले जीवन र मरणको दोसादमा छन् । यहा उपचार संभव नहुने भएपछि गैर आवासिय नेपाली संघ कुइन्सल्याण्डको सक्रियतामा विशालको उपचार भारत लगेर गरिने तयारी भएको छ । यसअघि पनि व्रिजवेनकै नेपाली युवक उज्जवल पौडेलको क्यान्सरको उपचार भारतमा भएको र अर्जुन तिमिल्सिना पनि क्यान्सरको उपचारका लागि भारत उड्न लागेकोले विशालको पनि उपचार संभव हुने देखिएको छ ।

क्यान्सर निको भएका उज्जवल पौडेलेले यसअघि आफ्नो उपचार भएको नया दिल्लीस्थित विएलके अस्पतालका चिकित्सक राय माग्दा विशालको पनि उपचार संभव भएको जवाफ आएपछि एनआरएनए कुइन्सल्याण्डले यसमा पहल सुरु गरेको हो । विशालको उपचारका लागि झण्डै १ लाख ६० हजार अष्ट्रेलियन डरल खर्च लाग्ने अस्पतालले जानकारी पठाएको एनआरएनए कुइन्सल्याण्डका संयोजक उमेश खड्काले जानकारी दिनुभयो । विशालको उपचारमा सहयोग गर्न एनआरएनएले गो फन्ड मि मार्फत सहयोग संकलन सुरु गरेको छ । विशालको नियमित सम्पर्कमा रहेका एनआरएनएका पदाधिकारीहरुले सहयोगका लागि कुइन्सल्याण्डका नेपाली व्यापारी र सामाजिक संघसंस्थाका पदाधिकारीहरुसंग पनि हात फिजाएको छ । उनीहरुबाट सहयोगको प्रतिवद्धता आएको खड्काले जानकारी दिनुभयो । खड्काले एक नेपाली युवाको ज्यान बचाउन सबैले सकेको सहयोग गर्न अपिल समेत गर्नुभयो ।

विशाल बचाउ अभियानमा साथ दिन यो लिंकमा थिच्नुहोस् ।

त्यस्तै एसियुमा नर्सिङ पढिरहेकी विशालकी श्रीमति एलिशा अधिकारीले पनि सबै मिलेर आफ्नो श्रीमान् ज्यान जोगाइदिन अपिल गर्नुभएको छ । ‘हामी मध्यम वर्गिय परिवार हौ, छाका काटेर अध्ययन पुरा गरि देश र समाजको लागि केही गरौ भन्ने सोच थियो’ -एलिशाले भन्नुभयो-‘ तर, दैवको लिला यो कलिलै उमेरमा मेरी श्रीमान् जीवन र मरणको लडाईमा हुनुहुन्छ । तपाईहरुको सानो सहयोगले मेरो सिउदो उजाडिनबाट रोकिन सक्छ । कृपया सकेको सहयोग गरिदिनुहोला ।’ 
त्यस्तै विशालले पनि आफुले हरेश नखाएको भन्दै सबैको साथ पाए आफु बाचेर समाजसेवामा फर्किने बाचा गरेका छन् ।

यसअघि ब्लड क्यान्सर भएका अर्जुन तिमिल्सिना बचाउन एनआरएनए कुइन्सल्याण्डले सुरु गरेको गो फन्ड मि अभियानमा अष्ट्रेलिया र विश्वभरका नेपालीले १ लाख १७ हजार डलर सहयोग गरेका छन् । त्यहि सहयोगपछि अर्जुन मे २३ तारिखमा उपचारका लागि भारतको नया दिल्ली स्थित बिएलके अस्पताल जादै छन् । तिमिल्सिनालाई भारतमा उपचारका लागि पठाउन क्यानवेरास्थित नेपाली दूतावासले महत्वपुर्ण भूमिका खेलेकाे छ । विशाललाई पनि काेराेनाकै बिचमा भारत पठाउन प्रकृया सुरु गरिसकेकाे राजदूत महेशराज दाहालले बताउनुभयाे । विशाललाई एकसाताभित्रै भारत पठाउनुपर्ने अवस्था छ । सबै मिलेर सहयोग गरे अर्जुनलाई जस्तै विशाललाई पनि उपचारका लागि भारत पठाउन सकिने संयोजक उमेश खड्काले बताउनुभयो ।

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6