Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaजुन आठमा तेश्रो पटक अस्ट्रेलिया आउँदै नेपाली विमान,रित्तै फर्कने

जुन आठमा तेश्रो पटक अस्ट्रेलिया आउँदै नेपाली विमान,रित्तै फर्कने


अस्ट्रलिया, काठमाडौं । नेपाल एयरलाइन्सको वाइडबडी जहाजले जुन आठमा तेश्रो पटक अस्ट्रेलियाको उडान भर्ने भएको छ । काठमाडौंस्थित नेपालका लागी अस्ट्रेलियन दूतावासले नेपालमा फसेका आफ्ना नागरिकलाई स्वदेश फर्काउन भन्दै जुन आठ अर्थात जेठ २६ गतेको प्लाईट बुक गरेसँगै तेश्रो पटक नेपाली विमानले अस्ट्रेलिया को उडान भर्ने सुनिश्चित भएको हो ।

नेपालस्थित अस्ट्रेलियन दूतावासका अनुसार आगामी चार्टर्ड फ्लाईटबाट अस्ट्रेलियाको क्यानबेरा उडान भर्न ५ सय २० इच्छुक देखिएको दूतावासले जानकारी दिएको छ । दूतावासले लकडाउनका कारण विमानस्थल बन्द भएको समयमा यात्रुले खोजेजस्तो उडान समय र टिकट मुल्य सम्भव नहुने भन्दै नेपाल एयरलाइन्सले ४० प्रतिशत सहुलियत दिएर सहयोग गरेको जनाएको छ । अस्ट्रेलियन दूतावासले स्वदेश फर्किन चाहानेहरुलाई सम्पर्कमा आउन र टिकेट बुक गर्न तथा उडान बारे सुझाब दिन सबैलाई आह्वान गरेको छ ।

नेपाली ध्वजाबहाक विमान यात्रु बोकेर पहिलो पटक अप्रिल दुई अर्थात चैत २० गते व्रिजवेन र दोश्रोपटक मे सात अर्थात बैशाख २५ गते अस्ट्रेलियाको सिड्नीमा अवतरण भएको थियो । तेश्रो चार्टर्ड उडान क्यानवेरामा अवतरण हुनेछ । कोरोना भाइरसको संक्रमण रोकथामका लागि लकडाउन र उडान प्रतिबन्ध नेपालमा अझै जारी छ । तेश्रो पटक अस्ट्रेलिया आउनृ नेपाली विमान समेत रित्तै फर्कने भएपछि अष्ट्रेलियाबाट घर फर्कन खोजेका नेपालीहरु यो पटक पनि निराश हुनुपर्नेछ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6