Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaकोरोनाका कारण १३ देशमा ११७ नेपालीले ज्यान गुमाए, साँढे १२ हजार बढी संक्रमित

कोरोनाका कारण १३ देशमा ११७ नेपालीले ज्यान गुमाए, साँढे १२ हजार बढी संक्रमित


काठमाडौं । कोरोना भाइरस (कोभिड(१९) को महामारीका कारण विश्वभर ज्यान गुमाउने नेपालीको संख्या १ सय १७ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार आइतबार विहानसम्म नेपालसहित विश्वभर १२ हजार ८ सय २१ गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित हुँदा १ सय १७ जनाको ज्यान गएको हो ।

संक्रमितमध्ये ४ हजारभन्दा बढी नेपालीहरु कोरोना भाइरसबाट मुक्त भएको एनआरएनएको आँकडा छ । एनआरएनए स्वास्थ्य समितिका अनुसार यो हप्ता मात्रै युएईमा ९, साउदी अरेबियामा ५, बेलायतमा २, नेपालमा २, अमेरिकामा १, कतारमा १ र कुवेतमा १ जनाको ज्यान गएको छ । सबैभन्दा बढी बेलायतमा ६५ जना गैरआवासीय नेपालीको मृत्यु हुँदा संयुक्त अरब इमिरेट्समा १८ जना, अमेरिकामा १६ जना र साउदी अरेबियामा ७ जनाको ज्यान गएको छ । नेपालमा ३, कतारमा १, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १, नेदरल्याण्डमा १, बहराइनमा १, स्वीडेनमा १, कतारमा १ र कुवेतमा १ जनाको मृत्यु भएको एनआरएनएको तथ्यांक छ । मृत्यु हुनेमा ९५ पुरुष र १९ जना महिला रहेको तथा ५० देखि ९० वर्ष उमेर समूहमा सबैभन्दा धेरै ५३ प्रतिशतको निधन भएको पाइएको छ ।

विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सकहरूको समूहले तयार पारेको आँकडाअनुसार १३ देशमा गैरआवासीय नेपालीहरूको ज्यान गएको छ भने बाँकी ३३ देशका नेपालीमा कोरोना भाइरस (कोभिड १९को संक्रमण पहिचान भएको छ । एनआरएनएका अनुसार अत्याधिक कोरोना प्रभावित देशहरुमध्ये बेलायत र अमेरिकामा गत साताको तुलनामा यो साता संक्रमणको दर कम हुँदै जादा मध्यपूर्वका देशहरुमा बढ्दो क्रममा देखिएको छ ।

चीनबाट शुरु भएको कोरोना भाइरसबिरुद्ध लड्न गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अध्यक्ष कुमार पन्तको संयोजकत्वमा एक उच्चस्तरीय समिति गठन गरेको छ । संघले स्वास्थ्य, आर्थिक, विद्यार्थी, श्रमिक, महिला लगायतका उपसमितिको गठन गरि विश्वव्यापी रुपमा आफ्नो संजाललाई कोरोना पिडितको राहत लगायतको सहयोगमा परिचालित गरिरहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6