Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा दोश्रो पटक संविधान संशोधन हुँदै, वार्ताबाट सीमा समस्या हल गर्न भारत तयार

नेपालमा दोश्रो पटक संविधान संशोधन हुँदै, वार्ताबाट सीमा समस्या हल गर्न भारत तयार


पुण्यप्रसाद धमला,काठमाडौं । लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायतका भूभाग समेटिएको नेपालको अध्यावधिक नक्सा अनुसूची ३ मा उल्लेख गरिएको निशान छापमा राख्ने प्रक्रियाका लागि संविधान संशोधन विधेयक संसदमा टेबल गरिएको छ । कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले आइतबारको संसद बैठकमा संविधान संशोधन प्रस्ताव पेश गरेकी हुन् ।

संविधान संशोधन विधेयक जेठ ९ गते ३ बजे संसद सचिवालयमा दर्ता गरिएपनि सर्वसम्मत पारित गराउन भन्दै पछि सारिएको थियो । सरकारले संशोधन दर्ता गर्दै सर्वसम्मत पारित गर्न सबै दलहरुलाई आह्वान गरेको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, राप्रपालगायतका दलले संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेपनि जनता समाजवादीले यसबारे औपचारीक रुपमा बोलेको छैन ।

नेपालको संविधान संसोधनका लागि परेको यो दोस्रो विधेयक हो । यसअघि संविधान जारी भएको सात दिनपछि अर्थात २०७२ असोज १० गते पहिलो संशोधन भएको थियो ।

यसरी जारी भयो नेपालको नयाँ नक्सा

मन्त्रिपरिषद् बैठकले ५ जेठमा लिम्पियाधुरा, कालापानी, लिपुलेकलगायतका भूभाग समेटिएको नयाँ नक्सा पारित पारित गर्यो । यसको दुई दिनपछि भूमि व्यवस्था मन्त्रालयले अध्यावधिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरेको थियो । नक्सा सार्वजनिक गरेर राजपत्रमा प्रकाशित गरेपनि संविधान संशोधन नहुँदासम्म निशान छाप लगायतको कामकाजी प्रक्रियामा नयाँ नक्सा समावेश गर्न मिल्दैन ।

वार्ताबाट निकास खोज्न भारत तयार

नयाँ नक्स जारी गरेसँगै आपत्ति जनाएर आफ्नो सार्वभौम सत्तामा दख्खल नगर्न आग्रह गर्दै आएको भारत पछिल्लो समय सम्वादबाट समस्याको समाधान खोज्न तयार देखिएको छ । शनिबार मात्रै भारतीय विदेशमन्त्री राजनाथ सिंहले भारतीय टेलिभिजनमा अन्तरवार्ताका क्रममा नेपाल भारतको सम्बन्ध मित्रवत र घनिष्ठ रहेको स्मरण गराउँदै सम्वादका माध्यमबाट बिवादको किनारा लगाउने बताएका छन् ।

नेपालको सीमा क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको भन्दै यस अघि नै गैह्रआवासीय नेपाली संघ एनआरएनएले भारतलाई अतिक्रमण रोक्न चेतावनी सहितको विज्ञप्ती जारी गरेको थियो । अमेरिका अष्ट्रेलिया लगायतका विभिन्न देशमा नयाँ नक्सा सहित नेपाली भूमि रक्षाका लागि चालिएको सरकारी कदमको स्वागत गर्दै भारत विरोधी प्रदर्शन भएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6