Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियाबाट नेपालीको उद्दार गर्ने तालिका सार्वजनिक । एक हप्तामै जादैछन् ५२८ जना

अष्ट्रेलियाबाट नेपालीको उद्दार गर्ने तालिका सार्वजनिक । एक हप्तामै जादैछन् ५२८ जना


सरल गुरुङ/ब्रिजवेन

अष्ट्रेलियामा फसिरहेका नेपालीको उद्दार गर्न नेपाल सरकारले हवाई तालिका सार्वजनिक गरेको छ । पहिलो चरणमै अष्ट्रेलियाबाट ५ सय २८ जना नेपालीको उद्दार हुने निर्णय भएको राजदूत महेश दाहालले जानकारी दिनुभयो । आगामी जुन १७ मा सिड्नीबाट र जुन २२ मा सिड्नी वा मेलवर्नबाट एकएक उडान हुने तय भएको दुतावासले जनाएको छ । एक पटकमा २ सय ६४ जना गरि ५ सय २८ जनाको उद्दार हुन लागेको हो । सरकारले बनाएको मापदण्डका आधारमा अतिआवश्यक, आवश्यक र कम आवश्यकताका आधारमा को को जाने भन्ने तय भइसकेको राजदूत दाहालले जानकारी दिनुभयो ।

सरकारले विदेशबाट उद्दार गर्ने देशहरुको भाडादार पनि सार्वजनिक गरेको छ । तर, अष्ट्रेलियाको भाडा दर भने अझै टुंगो लाग्न बाकी छ । ‘न्युनतम भाडा लिएर उद्दार गर्ने तयारी भईरहेको छ’ -राजदूत दाहालले भन्नुभयो -‘जम्मा खर्च र कुल यात्रुको संख्याले भाग गरेर भाडा दर तय हुने भएकाले महंगो नपर्ला ।’ बाकी उडानहरु पनि क्रमिक रुपले हुदै जाने भएकाले नेपाल जान पर्खिरहेका अन्य नेपालीले अहिले नै आत्तिनु नपर्ने राजदूतको भनाई छ ।

नेपाल जानका लागि अष्ट्रेलियाबाट झण्डै १३ सय नेपालीले नामावली टिपाएका छन् । त्यहि नामावलीको सूचि दुतावासले परराष्ट्र मन्त्रालयमा पठाएको थियो । मन्त्रालयले प्रँथमिकताका आधारमा छनोट गरि उच्च स्तरिय समितिलाई अनुमतिका लागि पठाएको हो । कोरोनाका कारण विभिन्न देशमा अड्किरहेका नेपालीलाई पहिलो चरणमा उद्दार गर्न पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले तयार पारेको ३० देशको सूचिमा अष्ट्रेलिया पनि परेको हो । सरकारले प्राथमिकताका आधारमा पहिलो चरणमा ३० देशबाट २४ हजार १४८ नेपालीको उद्दार गर्न लागेको । हवाई भाडा र तालिकासहितको सूचि पर्यटन मन्त्रालयले कोरोना नियन्त्रणका लागि बनेको उच्च स्तरिय समितिलाई बुझाएको छ ।

नेपालीको स्वदेश फिर्तीका सरकारले लागि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका जहाज पठाउने भएको छ भने केही विदेशी एयरलाइन्सलाई उडानमा प्रयोग गर्ने जनाइएको छ । ३० देशबाट नेपालीलाई ल्याउन ६७ वटा उडान हुने भएको छ । त्यसका लागि नेपाल एयरलाइन्सले २४, हिमालय एयरलाइन्स १९ र विदेशी जहाजदे २४ वटा उडान भर्नेछन् । यसअघि नेपाली ध्वजाबहाक विमान तिन पटक अष्ट्रेलिया आएर पनि रित्तै फर्किएपछि यहाँ फसिरहेका नेपालीले चर्को आलोचना गर्दै आएका छन् । तेस्रो पटकमा सुटुक्क पहुचवाला ११ जनालाई लिएर विमान फर्किएपछि त अष्ट्रेलियाको नेपाली समाज सरकारसंग रुष्ट बनेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6