Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaहुण्डी कारोवारी र ठगहरुलाई खोजीखोजी कारबाही गरिन्छ : नेपाली राजदूतावास

हुण्डी कारोवारी र ठगहरुलाई खोजीखोजी कारबाही गरिन्छ : नेपाली राजदूतावास


अस्ट्रेलिया । पैसा सटही, पठाउने तथा लेनदेनका नाममा अस्ट्रेलियाका नेपाली समुदायमाथी ठगी गर्नेहरुलाई कारबाही हुने भएको छ । नेपालका लागि अस्ट्रेलियन राजदूतावासले उजूरीकर्ता, कानुन व्यवसायी तथा सरोकारवालासँग छलफलगरेर सापटी लगायतको आर्थिक कारोबारका नाममा ठगीमा संलग्नहरुको खोजीलाई तिब्रता दिएर कारबाही गर्ने जानकारी दिएको हो ।

दूतावासले विभिन्न वहानामा ठगी कार्यमा संलग्न व्यक्तिहरुलाई सचेत गराउँदै पीडितहरुलाई तिर्न बाँकी रकम तत्काल बुझाउन भनेको छ । ठगी तथा हुण्डी कारोबारी बिरुद्ध कडा कारबाहीका लागि नेपाल र अस्ट्रेलियाका सम्बन्धित निकायहरुमा सिफारि गर्ने निर्णय गरेको दुतावासले ठगीमा पर्नेहरुलाई उजूरी दिई ठगहरुलाई कारबाहीको दायरामा ल्याउन सहयोग गर्न आह्वान समेत गरेको छ । नेपाल राष्ट्र बैंकका सम्पत्ति शुद्धीकरणसम्वन्धी विषय हेर्ने प्रतिनिधिले सप्रमाण उजूरी दिएमा नेपालबाटै कारबाही गर्न सकिने बताइरहँदा अवैतनिक नेपाली महावाणिज्यदूत, गैह्र आवासीय नेपाली संघ तथा नेपाली समूदायका प्रतिनिधिहरुले लामो समयदेखी अस्ट्रेलियाका नेपाली समुदाय हुण्डी कारोवारी, सटही, सापटी लगायतका नाममा ठगीदै आएको भन्दै ठगहरुलाई कडा कारबाही गर्नुपर्ने माग गरेका थिए ।

अस्ट्रेलियामा रहेका कानुन व्यवसायी, गैरआवासीय नेपाली संघ, नेपाली समुदायका सदस्य र पीडितसँग दूतावासले जुन १० गते छलफल गरेको थियो ।

यस्तो छ दूतावासले निकालेको विज्ञप्ती :



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6