Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा विद्यार्थीलाई राहत बाड्ने विषयमा विवाद । सामाजिक काम नै प्रभावित

अष्ट्रेलियामा विद्यार्थीलाई राहत बाड्ने विषयमा विवाद । सामाजिक काम नै प्रभावित


सरल गुरुङ/ब्रिजवेन
कोरोनाबाट प्रभावित विद्यार्थीलाई कसले राहत बाड्ने भन्ने विवाद लम्बिदा कुइन्सल्याण्ड राज्यका दुइ नेपाली संस्थाबिच पानी बाराबारको स्थिती सृजना भएको छ ।
गैर आवासिय नेपाली संघ एनआरएन कुइन्सल्याण्ड र कुइन्सल्याण्ड नेपलिज कल्चरल सेन्टर क्युएनसिसिका अध्यक्षबिच विवाद लम्बिदा सामाजिक कार्यहरु नै तीन महिनादेखि अलपत्र पर्न थालेका छन् ।
तीन महिनाअघि राहत बाड्ने विषयमा भएको जुम मिटिङका क्रममा क्युएनसिसिका अध्यक्ष हरि खड्काले एनआरएनए कुइन्सल्याण्डका अध्यक्ष उमेश खड्कालाई व्यक्तिगत रुपमै गालीगौलज गर्ने र विभिन्न आरोपहरु लगाएपछि विवाद सुरु भएको थियो । एनआरएनए कुइन्सल्याण्ड, क्युएनसिसि, एनएक्युका प्रतिनिधी र मोहन राई लगायत सात जनाको जुम मिटिङमा आफुमाथी निकै तल्लो स्तरको आरोप लगाउदै र तँतँ मम गर्दै गाली गौलज गरिएको एनआरएनए कुइन्सल्याण्डका अध्यक्ष उमेश खड्काले बताउनुभयो । ‘हामी  सबै संस्थासंग सहकार्य गरि राहत बाड्ने तयारीका साथ बैठकमा बसेका थियौ’- उमेश खड्काले भन्नुभयो- ‘तर, उहाँ (हरि खड्का ) ले बैठकको सुरुवातमै ममाथी घोटला गरेर चुनाव जितेको आरोप लगाउनुभयो ।’ त्यस्तै हरि खड्काले आफुलाई एनआरएनएमा व्यापार गर्न आएको, कुइन्सल्याण्ड एनआरएनए नै खारेज गर्नुपर्ने भन्दै तथानाम गाली गौलज गरेको समेत उमेश खड्काले बताउनुभयो ।

बैठकको भोली पल्ट टेलिफोन गरेर समेत आफुलाई झपारे पछि सारै ठुलो अपमान महशुस भएको उमेशको भनाई छ । ‘उहाँ उमेर र अनुभवका हिसाबले निकै अग्रज हुनुहुन्छ’- उमेशले भन्नुभयो -‘उहाँले त हामीलाई समाजसेवा गर्न प्रोत्साहन गर्नुपर्ने हो तर, उल्टै मानमर्दन गरेर मनोवल गिराउने कार्य गर्दा सारै दुखित भएको छु ।’
संस्था र आफ्नै पनि मानमर्दन भएपछि एनआरएनए कुइन्सल्याण्डले क्युएनसिसिसंग पछिल्लो तीन महिनादेखि सहकार्य नगरेको खड्काको भनाई छ । हरि खड्काले लिखित माफी नमागेसम्म सहकार्य हुन नसक्ने खड्काको भनाई छ ।

मार्चको तेस्रो हप्तादेखि अष्ट्रेलियाले कोरोना नियन्त्रण गर्न लकडाउन गरेको थियो । लक डाउन लगत्तै एनआरएनए अष्ट्रेलियाले नेपाली विद्यार्थीलाई ४० डलर बराबरको खाद्यान्य बाड्ने घोषणा ग¥यो । कुइन्सल्याण्डमा भने समाजसेवी मोहन राईले समेत त्यस्तै खाले राहत बाड्ने भएपछि अन्यौलता छाएको थियो । त्यहि अन्यौलता अन्त्य गर्न कुइन्सल्याण्डका नेपाली संस्थाहरुबिच कसको नेतृत्वमा राहत बाड्ने भन्ने छलफल भएको थियो ।

म खुट्टै ढोकेर माफी माग्न तयार छु- हरि खड्का

क्युएनसिसिका अध्यक्ष हरि खड्काले बैठकमा आफुले बोलेका शब्द र व्यवहारप्रति आत्मग्लानी भएको बताउनुभएको छ । नेपाल ट्युबसंग कुरा गर्दै हरि खड्काले आफ्नो वचनबाट चोट पुगेको भए लिखित मात्रै होइन खुट्टै समातेर पनि माफी माग्न तयार रहेको बताउनुभएको हो । संस्था- संस्थाबिच छलफल हुदा आफुले केही कडा शब्द प्रयोग गरेपनि व्यक्तिगत रुपमा कसैको चित्त दुखाउने उदेश्य नरहेको उहाँको भनाई थियो । ‘म अलि खरो स्वभावकै मान्छे हु’- हरि खड्काले भन्नुभयो- ‘मैले बोलेका शब्दहरुले उमेशजिको चित्त दुखेको भए म हृदयदेखि नै माफी माग्न चाहान्छु ।’ उमेर पनि ढल्किसकेकाले आफ्नो कारणले समाजमा मतभेद आउन नहुने भन्दै समाजसेवालाई अघि बढाउन आफु हदैसम्मको लचिलो हुन तयार रहेको समेत खड्काको भनाई थियो ।

विवाद बढेसंगै तीन महिनादेखि कुइन्सल्याण्डका महत्वपुर्ण दुइ संस्थाबिच औपचारिक सहकार्य र छलफल हुन सकेको छैन । एनआरएनए कुइन्सल्याण्डका उपाध्यक्ष अमृत खत्रीले क्युएनसिसिका पदाधिकारीसंग भेटेर मध्यस्थता गरिरहेको भएपनि समाधान निस्किन सकेको छैन । यदपी दुबै अध्यक्षले छिट्टै वाता गरेर समाधान निकाल्ने दाबी गरेका छन् ।
क्युएनसिसीले ब्रिजवेनमा नेपाली सामुदायिक भवन बनाउने अभियान सुरु गरेको छ । एनआरएनएसंगको विवादले अहिले भवन बनाउने कार्यले गति लिन सकेको छैन । एनआरएनए कुइन्सल्याण्डका सदस्यबाट मात्रै सहयोग जुटेपनि भवन निमार्णको कार्यले निकै ठुलो छलाङ मार्न सक्थ्यो । भवन निमार्णका लागि पनि यी दुइ संस्थाबिच एकता हुन जरुरी छ । त्यस्तै एनआरएनए अभिभावक संस्था भएको तथा चुनाव ताका सबै संघसंस्थासंग सहकार्य गर्ने घोषणापत्र जारी गरेका एनआरएनए कुइन्सल्याण्डका अध्यक्ष उमेश खड्काले पनि यो विवादलाई लम्बाएर ध्रुविकरण गर्नु उचित होइन ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6