Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsप्रमुख खबर : नेपालबारे डब्लुएचओको चासोदेखी जुम बैठकको जोखिमसम्म

प्रमुख खबर : नेपालबारे डब्लुएचओको चासोदेखी जुम बैठकको जोखिमसम्म


काठमाडौं । पछिल्लो २४ घण्टामा ५३५ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९५६१ पुगेको छ पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणलाई जितेर ३ सय ७० डिस्चार्ज भएसँगै कोरोना जित्नेहरुको संख्या २ हजार १४२ पुगेको छ । कोरोना संक्रमित बढिरहँदा जोखिम पनि कायम रहेको भन्दै विश्व स्वास्थ्य संगठनले सचेत रहन आग्रह गरिरहँदा नेपालमा भने लकडाउन खुकुलो छ । यी विविध विषयले चर्चा पाएको नेपालमा प्राथमिकता पाएका पाँच मुख्य खबरहरु यस्ता छन् ।

किन खोल्न दिइदैछ भाटभटेनी सपिङ कम्प्लेक्सलाई ?
सरकारले भाटभटेनी सपिङ कम्प्लेक्सलाई जोखिम बढाउनेगरी कोरोना महामारीमा समेत खोल्न दिएर अन्य सपिङ महलमाथी विभेद गरेको भन्दै बिरोध सुरु भएको छ । सामाजिक दूरी कायम गर्ने तथा आवस्यक स्वास्थ्य सावधानी सहित भाटभटेनीलाई खोल्न छुट दिएको सरकारले लकडाउन खुकुलो गरेर अधिकांश पसल व्यवसाय खोल्न दिएपनि अन्य कम्प्लेक्सलाई खोल्न नदिएर विभेद गरेको भन्दै आलोचना सुरु भएको हो ।

भाटभटेनीमा किनमेलका लागि पुग्ने उपभोक्ताहरु समेत अस्तव्यस्त भएको दाबी गरिरहेका छन् । काठमाडौं मल, न्यूरोडका आरबी कम्प्लेक्स, पिपुल्स प्लाजा लगायतका मलहरुले सपिङ मललाई तत्काल नखुल्ने सूचीमा राखेपनि भाटभटेनीलाई अनुमति दिए विभेद गरेको आरोप लगाए । कतिपय व्यवसायीले भने भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङको सरकारसँग निकटताको परिणामका रुपमा ब्याख्या गरेका छन् ।

काठमाडौं छाड्न स्थानीय तहको पत्र अनिवार्य
जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं बाहिर जानेको लागि पनि पास वितरणमा कडाइ गरेको छ । सोमबार सूचना जारी गरी उपत्यकाबाहिर जाँदा नियमपूर्वक क्वारेन्टिनमा राख्ने व्यहोरा सम्बन्धित स्थानीय तहले प्रमाणित गरेपछि मात्रै पास वितरण गर्ने जानकारी दिएको हो ।

अब जुन स्थानीय तहमा जानको लागि पास माग गरिन्छ सोही स्थानीय तहले नियमपूर्वक क्वारेन्टिनमा राख्नेबारे प्रमाणित गरेर पढाउनु पर्नेछ । प्रशासनको सोमबार जारी सूचना अनुसार मृत्युसंस्कारका लागि बाहिर जानेबाहेक अरूको हकमा भने त्यस्तो सिफारिस अनिवार्य गरिएको छैन । अब बिहान १० बजेदेखि १२ बजेसम्म निवेदन संकलन हुनेछ भने दिउँसो साढे २ बजेपछि औचित्यताको आधारमा पास वितरण गरिने छ ।

कोरोना महामारीलाई मजाक नगर्नु डब्ल्यूएचओ
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को नेपाल कार्यालयले कोभिड–१९ को महामारी कायमै रहेकाले पर्याप्त सर्तकता अपनाउन सार्वजनिक रुपमा अपिल गरेको छ ।

नेपाल सरकारले लडकडाउन खुकुलो बनाए पनि कोभिड–१९ को महामारी टरिनसकेकाले सतर्कता अपनाउनुपर्ने संगठनका प्रमुख डाक्टर जोस भ्यान्डेलरले बताएका हुन् । लकडाउन खुकुलो भएसँगै कार्यालयहरू सञ्चालनमा आएको तथा मानिसहरूको एक आपसमा भेटघाट बढेको भन्दै (डब्ल्यूएचओ)को नेपाल कार्यालयले आफ्नो तर्फबाट सर्तक हुनु सबै नागरिकलाई अपिल गरेको छ ।

जुम बैठकको जोखिम
पर्यटन मन्त्री योगेश भट्टराईसमेत सहभागी जुम मिटिङमा पोर्न भिडियो बजेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानबिन गर्न निर्देशन दिएको छ । नेपाल पर्यटन बोर्डले संयोजन गरेको उक्त मिटिङमा सोमबार मन्त्री भट्टराई बोलिरहेका बेला एक्कासी पोर्न भिडियो बजेको थियो ।

कोरोना भाइरसको महामारीपछि पर्यटकीय गतिविधिलाई कसरी सञ्चालन गर्नेबारे तयार पारेको प्रोटोकलमा छलफल गर्न बोर्डले मन्त्री भट्टराईलाई समेत सहभागी गराएर जुम मिटिङ गरेको थियो । मिटिङमा दुई सयभन्दा बढी सहभागी थिए । जुम मिटिङमा अनधिकृत व्यक्ति कसरी प्रवेश गरे भन्नेबारे बोर्ड नै आश्चर्यमा परेको छ भने मन्त्रालयले छानविन गर्ने भएको छ ।

नीजि विद्यालयको शुल्क असुल्ने ताकेताको चौतर्फी बिरोध
निजी विद्यालयका छाता संस्थाहरु प्याब्सन र एनप्याब्सनले गतवर्षको बाँकी र शैक्षिकसत्र २०७७ को शुल्क बुझाउन गरेको अपिलको विद्यार्थी संगठनले बिरोध गरेका छन् । सत्तारुढ र प्रमुख प्रतिपक्षी ठूला दुई विद्यार्थी संगठनले विद्यालय नै बन्द रहेर पठनपाठन नभएको बेला समेत शुल्क मागेको भन्दै त्यसको विरोध गरेका हुन् । सोमबार अनेरास्ववियु र नेविसंघले छुट्टाछुट्टै विज्ञप्ति प्रकाशित गरेर शिक्षण संस्था नै सञ्चालन नभएको अवधीको शुल्क नतिर्ने प्रष्टाएका छन् ।

अनेरास्ववियुका संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङद्वारा जारी विज्ञप्तिमा प्याब्सन, एनप्याब्सनले शुल्क माग्दै गरेको अपिललाई अवज्ञा गर्न विद्यार्थी अभिभावकसँग आग्रह गरेका छन् । यस्तै नेविसंघका अध्यक्ष राजिव ढुंगानाले शिक्षण संस्था नखुलेसम्म शुल्क नतिर्न विद्यार्थी, अभिभावकलाई आह्वान गरेका छन् । नेविसंघले शुल्क उठाउन नदिन सरकार र शिक्षा मन्त्रालयलाई सचेत समेत गराएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6