Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaनेपाली जहाज सिड्नीमा अवतरण

नेपाली जहाज सिड्नीमा अवतरण


सिड्नी

काेराेनाका कारण अष्ट्रेलियामा अड्किएका आफ्ना नागरिकका उद्दार गर्न नेपाल वायु सेवा निगमकाे वाईड बडी जहाज भर्खरै सिड्नी अवतरण गरेकाे छ ।

स्थानिय समय अनुसार बिहानकाे ११: २३ मा विमान अवतरण भएकाे हाे । याे नेपाली विमानकाे चाैथाे अष्ट्रेलिया चार्टर्ड उडान हाे । यस विमानमा २५७ जना नेपाली स्वेदश फर्कदैछन् । काठमाण्डाैबाट सिधै सिड्नी उडान भरेकाे याे विमान स्थानिय समय अनुसार १ बजे दिउसाे मलेसियाकाे क्वालम्मपुर हुदै फर्कदैछ ।

यसअघि ब्रिजवेन, सिड्नी र क्यानवेरा आएकाे नेपाली विमानले काठमाडाैबाट अष्ट्रेलियाका नागरिककाे उद्दार गरेकाे थियाे । यसअघि खाली फर्किएकाे विमान यसपाली नेपाली लिन काठमाडाैबाट खाली नै आएकाे हाे । नेपाल र अष्ट्रेलियाबिच सिधा हवाई उडान गर्ने सहमति भईसकेका बेला उद्दारका लागि गरिएकाे चार्टर्ड उडानलाई काेसेढुंगाकाे रुपमा हेरिएकाे छ । अब दाेस्राे उडान जुन २७ तारिखमा मेलवर्नबाट हुनेछ । नेपालीकाे उद्दारबारे विशेष भिडियाे रिपाेर्ट हाम्राे युट्युब च्यानलमा हेर्नुहाेस्



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6