Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियाबाट हुने भनिएको निजी उडान बारे दूतावासलाई जानकारी छैन । तत्काल टिकट नकाट्नु

अष्ट्रेलियाबाट हुने भनिएको निजी उडान बारे दूतावासलाई जानकारी छैन । तत्काल टिकट नकाट्नु


सरल गुरुङ/ब्रिजवेन
अष्ट्रेलियाबाट जुलाई ७ तारिखमा हुने भनेर फेसबुकमा विज्ञापन गरिएको उडान बारे नेपाली दूतावासलाई जानकारी नभएको तथा अनुमति समेत नलिएको बुझिएको छ । नेपाल ट्युबसंग कुरा गर्दै राजदूत महेश दाहालले फेसबुकमा विज्ञापन भइरहेको भन्ने जानकारी पाएपनि नेपाली सरकारले सो उडानलाई अनुमति दिएको बारे भने दूतावासलाई कुनै जानकारी नआएको स्पष्ट पार्नुभयो । ‘हामीले फेसबुकको विज्ञापन बारे जानकारी पाएका छौ’- राजदूत दाहालले भन्नुभयो -‘तर, नेपाल सरकारले यसअघि गरेको दुइ उडान बाहेक तेस्रो उडानलाई अनुमति दिएको कुनै जानकारी आएको छैन ।’
नेपाल सरकारले विदेशमा फसेका २५ हजार नेपालीलाई स्वदेश फर्काउने निर्णय अनुसार अष्ट्रेलियाबाट दुइ उडान गर्ने निर्णय गरेको थियो । थप उडानका बारेमा सरकारले हालसम्म औपचारिक निर्णय नगरेको पनि राजदूत दाहालको भनाई छ । निजी क्षेत्रबाट हुन लागेको उडानलाई कसले अनुमति दिएको हो हामीलाई जानकारी छैन राजदूत दाहालले भन्नुभयो ।
फेसबुकमा विज्ञापन आएपछि दूतावासले एनआरएनए, समाजिक संघसंस्था, ट्राभल एजेन्सी र विज्ञापन गर्ने एजेन्सीका प्रतिनिधीबिच सोमबार दिउसो ३ बजे बैठक गर्दै छ ।
गैरआवासिय नेपाली संघ अष्ट्रेलियाले थप उडान बारे आधिकारिक निर्णय वा जानकारी नआएकाले तत्काल भ्रमपुर्ण विज्ञापन नगर्न सम्बन्धित एजेन्सीका प्रतिनिधीलाई सुचित गराएको छ । नेपाल ट्युबसंग कुरा गर्दै एनआरएनए अष्ट्रेलियाका अध्यक्ष केशव कँडेलले आधिकारिक निर्णय नभईकनै विज्ञापन गर्दा विवाद आउन सक्ने भन्दै सचेत गराएको जानकारी दिनुभयो ।
एनआरएनएले अष्ट्रेलियामा फसिरहेका नेपालीलाई स्वदेश फर्काउन प्रतिष्प्रधाका आधारमा आधिकारिक रुपमै स्विकृती लिएर उडान गर्नुपर्ने अडान राखेको अध्यक्ष कँडेलले जानकारी दिनुभयो । ‘हामीसंग त्यत्ति नै दरमा नेपालमा उडान भर्नका लागि अन्य दुइ कम्पनीले पनि कोटेसन पठाएको छ’- कँडेलले भन्नुभयो -‘ती एजेन्सीबिच प्रतिष्प्रधाका आधारमा उडान गराउदा राम्रो हुन्छ ।’

उद्दार उडानबारे फेसबुमा राखिएको विज्ञापन यस्तो छ

उता अष्ट्रेलियाबाट जुलाई ७ मा उद्दार उडान गर्न फेसबुकमा टिकट बिक्रीको विज्ञापन गरेको सुमेघ ट्राभलका अष्ट्रेलियाका सम्पर्क व्यक्ति रमेश केसीले भने यो उडानका लागि नेपाल सरकारबाट अनुमति पाइसकेको दाबी गर्नुभएको छ । तर, शनिवार नेपालमा छुट्टी भएकाले अनुमतिको कागजात प्राप्त नभइसकेकाले दूतावासमा पेश गर्न नसकिएको केसीको दाबी छ । आफ्नो एजेन्सीले यसअघि पनि जापानबाट सात वटा उद्दार उडान गरिसकेकाले अष्ट्रेलियाबाट गर्न समस्या नपर्ने केसीको भनाई छ ।
सुमेघ ट्राभल एजेन्सी अष्ट्रेलियामा दर्ता नभएकाले टिकटका लागि काठमाडौमै पैसा तिर्ने व्यवस्था गरिएको केसीले जानकारी दिनुभयो ।
सुमेघ ट्राभलले जुलाई ७ तारिखमा सिड्नी, मेलर्वन र ब्रिजवेनबाट हुने सिंगापुर एयरको नियमित उडानबाट नेपालीलाई सिंगापुर लैजान लागेको हो । त्यहाबाट एजेन्सीले विमान चाटर्ड गरेर काठमाडौको उडान भर्ने तयारी भएको छ ।
एजेन्सीले यो उडानको एकतर्फी भाडा १२ सय २० अमेरिकी डलर तोकेको छ । यसअघि नेपाल सरकारले व्यवस्था गरेको उडानको एकतर्फी भाडा १६ सय ५० अमेरिकी डलर थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6