Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaभिडियो कन्फ्रेन्समार्फत राजदूत दाहालले बुझाए न्यूजिल्याण्डलाई ओहोदाको प्रमाणपत्र

भिडियो कन्फ्रेन्समार्फत राजदूत दाहालले बुझाए न्यूजिल्याण्डलाई ओहोदाको प्रमाणपत्र

भिडियो कन्फ्रेन्समार्फत ओहोदाको प्रमाण पत्र बुझाइएको सम्भवतः कुटनीतिक क्षेत्रमै पहिलो


सरल गुरुङ, क्यानबेरा । अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालले भिडियो कन्फ्रेन्सिंगमार्फत न्यूजिल्याण्डको लागि नेपाली राजदूतको रुपमा आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका छन् । क्यानबेरास्थित नेपाली नियोगबाटै राजदूत दाहालले न्यूजिल्याण्डकि गभर्नर जनरल पास्टी रेड्डी समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका हुन् ।

नेपाल सरकारले दिएको जिम्मेवारी अनुसार राजदूत दाहाल न्यूजिल्याण्डका लागि गैरआवासीय नेपाली दूत हुन् । कोरोना संक्रमणका कारण गत मार्चमा तय भएको ओहोदाको प्रमाणपत्र बुझाउने कार्यक्रम स्थागित हुँदै आएको थियो ।

न्यूजिल्याण्डबाट भिडियो कन्फ्रेन्समार्फत बुझाउन सकिने जानकारी आएपछि मंगलबार राजदूत दाहालले कार्यालयमै बसेर ओहोदाको प्रमाण पत्र बुझाउनुभयो । भिडियो कन्फ्रेन्समार्फत ओहोदाको प्रमाण पत्र बुझाइएको सम्भवतः कुटनीतिक क्षेत्रमै यो पहिलो पटक हो । प्रत्यक्ष बसेर दुई देशको सम्बन्धका विषयमा चर्चा गर्न पाइने भएपनि कार्यालय बाटै प्रमाणपत्र बुझाएको अनुभवलाई राजदूत दाहालले अनौँठो मौकाका रुपमा लिनुभएको छ ।

भिडियो कन्फ्रेन्समा राजदूत दाहालले नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली तथा नेपाली जनताको तर्फबाट न्यूजिल्याण्डकी गभर्नर, त्यहाँको सरकार र जनतालाई शुभकामना दिनुभयो । न्यूजिल्याण्ड सरकारले कोरोना भाईरस संक्रमण रोकथाममा खेलेको भूमिका र पाएको सफलता बारे समेत चर्चा भएको थियो । नेपाली समूदाय र नेपाली विद्यार्थीलाई कठीन परिस्थितिमा उपलब्ध गराएको सहायताका लागि न्यूजिल्याण्डकि गभर्नर जनरल पास्टी रेड्डी मार्फत राजदूत दाहालले कृतज्ञता प्रकट गर्नुभयो । दुईदेशको सम्बन्धलाई नेपालले उच्च महत्व दिएको भन्दै राजदूत दाहालले कोरोना महामारी साम्य भएसँगै सम्बन्धलाई थप परिस्कृत गरिने विश्वास व्यक्त गर्नुभयो ।

न्यूजिल्याण्डकी गभर्नर जनरल रेड्डीले कार्यकाल सफलताको शुभकामना दिँदै नेपालको राष्ट्रपति, प्रधानमन्त्री र जनतालाई शुभकामना व्यक्त गर्नुभयो । ओहोदाको प्रमाणपत्र बुझाउने कार्यक्रममा सैनिक टुकडीले सलामी दिने लगायतका कार्यक्रमको विशेष महत्व रहनेभएपनि भिडियो कन्फ्रेन्समार्फत ओहोदाको प्रमाण पत्र बुझाउँदा राजदूत दाहालले यो मौका गुमाउनु परेको छ । नेपाल र न्यूजिल्याण्डबीच सन् १९६१ देखि दौत्य सम्बन्ध कायम रहदै आएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6