Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियाबाट सस्तो भाडामा नेपाली उद्दार गर्न ईच्छुक कम्पनीका लागि आशयपत्र खुल्ला

अष्ट्रेलियाबाट सस्तो भाडामा नेपाली उद्दार गर्न ईच्छुक कम्पनीका लागि आशयपत्र खुल्ला


ब्रिजवेन
कोरोना लक डाउनका कारण अष्ट्रेलियामा अड्किएका नेपाली स्वदेश फर्काउनका लागि विमान चार्टड गर्न तथा यात्रा संयोजन गर्न ईच्छक ट्राभल एजेन्सीका लागि आशयपत्र ( ईओआई )खुल्ला गरिएको छ ।
नेपाली दूतावास क्यानवेराको संरक्षणमा एनआरएनए अष्ट्रेलियाका अध्यक्ष केशव कँडेलको संयोजनमा गठन भएको समितिले ४८ घण्टाको समयसिमा तोकेर आशयपत्र बुझाउन सूचना जारी गरेको हो ।
सुरुवातमा ईच्छुक कम्पनीको विवरण संकलन गर्न आशयपत्र माग गरिएको हो । ईच्छुक कम्पनीको नामावली आएपछि मात्र यात्रु संख्या, समय र अन्य आवश्यक विषयमा छलफल गरि मापदण्ड तयार पारिने बताईएको छ ।
पहिलो चरणको छनोटमा परेका कम्पनीलाई उद्दार उडानको विस्तृत खाका पेश गर्न अनुरोध गरिनेछ । त्यसपछि मात्र छनोट गरिने एनआरएनए अष्ट्रेलियाका अध्यक्ष कँडेलले बताउनुभयो । छनोटका लागि समितिमा पारदर्शी ढंगले छलफल गरिनेछ । सस्तो र विश्वासिलो तवरमा उद्दार उडानको व्यवस्थापन गर्न सक्ने कम्पनी प्राथमिकतमा पर्नेछन् ।
छनोट कम्पनी र योजनासहित समितिले दूतावासलाई सिफारिस गर्नेछ । त्यसपछि उडान स्विकृतिका लागि दूतावासले नेपाल सरकारलाई अनुरोध गर्नेछ ।
कोरोनाका कारण अष्ट्रेलियामा अड्किएका नेपालीलाई स्वदेश फर्काउनका लागि थप उडानहरु गर्ने सम्बन्धमा अध्ययन गर्न नेपाली दूतावास क्यानवेराले समिति गठन गरेको हो ।
अष्ट्रेलियामा अझै पनि नेपालीहरु अड्किएको तथा केही निजी कम्पनीले आफु खुसी उडान गर्न विज्ञापन गर्न थालेपछि दूतावासले चासो दिदै अष्ट्रेलियाको नेपाली समुदायसंग छलफल गरि समिति बनाएको हो । समितिमा गैर आवासिय नेपाली संघ अष्ट्रेलिया, अष्ट्रेलियाका नेपाली संघसंस्थाको महासंघ फेन्का, अष्ट्रेलियाका नेपाली चिकित्सकहरुको संस्था एम्डा,पत्रकारहरुको संस्था एन्जा सदस्य छन् । समितिले अष्ट्रेलियाबाट स्वदेश फकर्ने फर्कदा लाग्ने भाडा तय गर्ने, खुल्ला प्रतिष्प्रधाका आधारमा ट्राभल एजेन्सी छनोट गर्ने तथा उडान अनुमतिका लागि दूतावासलाई सिफारिस गर्ने काम गर्नेछ ।
समितिले प्रतिष्प्रधाका आधारमा भाडा तय गर्ने हुनाले यसअघि भन्दा सस्तो दरमा नेपाल फर्कन सकिने संभावना छ ।
केही निजी ट्राभल एजेन्सीले दूतावास र एनआरएनएसंग छलफल नै नगरि आफुखुसी उद्दार उडान गर्न लागेपछि दूतावासले समिति बनाएर व्यवस्थित गर्न लागेको हो । अब अष्ट्रेलियाबाट हुने उद्दार उडान समितिकै सिफारिसमा मात्र हुनेछ । समितिले केही दिनभित्र उडानका लागि आवश्यक मापदण्ड तय गर्नेछ ।
समितिले गरेको सिफारिसमा मात्रै दूतावासले उद्दार उडानका लागि नेपाल सरकारसंग अनुमति माग्ने राजदूत महेश दाहालले जानकारी दिनुभयो ।
यसअघि नेपाल सरकारले नेपाल एयर लाईन्सको दुई चार्टड उडानमार्फत सिड्नी र मेलवर्नबाट झण्डै ५ सय नेपालीलाई स्वदेश फर्काएको छ । त्यस उडानमा भाडा १६ सय ५० अमेरिकी डलर निकै महंगो भएको गुनासो आएको छ ।

यस्ताे छ आशयपत्रकाे आवेदन

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6