Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsउद्धार उडानबाट १७ हजार बढी नेपाल फर्किए, आज मात्रै ११ अन्तर्राष्ट्रिय उडान

उद्धार उडानबाट १७ हजार बढी नेपाल फर्किए, आज मात्रै ११ अन्तर्राष्ट्रिय उडान


काठमाडौं । शुक्रबारसम्म हवाई उडानमार्फत विभिन्न २१ देशमा अप्ठ्यारोमा परेका १७ हजार २ सय १२ नेपाली नागरिक स्वदेश फिर्ता भएका छन् । यसरी स्वदेश फर्किनेमा सबैभन्दा बढी बागमती प्रदेशका छन् । विभिन्न मुलुकमा जारी राखिएको नेपालीको उद्धारका क्रममा शनिबार समेत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ अन्तर्राष्ट्रिय उडान हुँदैछन् ।

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सका केही जहाज अवतरण भएका छन भने बाँकी अन्य एयरलाइन्स काठमाडौँ विमानस्थलमा अवतरण गरेर पुनः उद्धार उडानमा फर्कने छन् । नेपाल एयरलाइन्सका दुई जहाज साउदी अरेबियाको रियाद र दमामबाट शनिबार बिहान काठमाडौँ अवतरण गरेका छन् । नेपाल एयरलाइन्सकै जहाज आजै दोहा र क्वालालम्पुर प्रस्थान गर्ने उडान तालिका छ । कुवेतबाट नेपाली लिएर आज विहान विमानस्थलमा अवतरण भएको हिमालय एयरलाइन्स राति कतारको दोहा र आबुधाबी उड्ने तालिका छ । टर्किस एयरलाइन्स नेपाली समय अनुसार आज राति ९ बजे काठमाडौँ विमानस्थल अवतरण गरेर राति १०ः३० बजे इस्तानबुल फर्कने बताइएको छ । मध्याह्न तिर कतार एवरवेजले दोहा र जजीरा एयरवेजले कुवेतबाट नेपालीलाई उद्धार गरेर काठमाडौँ ल्याउने उडान तालिका छ ।

शुक्रबार ११ अन्तर्राष्ट्रिय उडान भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत ९१८ यात्रु नेपाल भित्रिएका थिए । कोभिड–१९ महामारीका कारण विभिन्न देशमा अलपत्र नेपालीलाई स्वदेश ल्याउन नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले दैनिक पाँचदेखि छ वटासम्म उडान भर्दा कतार एयरवेज, जजीरा एयरवेज, एयर अरेबिया, टर्किसलगायत विदेशी एयरलाइन्सले नेपालमा चार्टर्ड उडान भर्दै आएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6