Saturday, 24 October 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Home ∕ Breaking News ∕ उद्धार उडानबाट १७ हजार बढी नेपाल फर्किए, आज मात्रै ११ अन्तर्राष्ट्रिय उडान

उद्धार उडानबाट १७ हजार बढी नेपाल फर्किए, आज मात्रै ११ अन्तर्राष्ट्रिय उडान


काठमाडौं । शुक्रबारसम्म हवाई उडानमार्फत विभिन्न २१ देशमा अप्ठ्यारोमा परेका १७ हजार २ सय १२ नेपाली नागरिक स्वदेश फिर्ता भएका छन् । यसरी स्वदेश फर्किनेमा सबैभन्दा बढी बागमती प्रदेशका छन् । विभिन्न मुलुकमा जारी राखिएको नेपालीको उद्धारका क्रममा शनिबार समेत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ अन्तर्राष्ट्रिय उडान हुँदैछन् ।

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सका केही जहाज अवतरण भएका छन भने बाँकी अन्य एयरलाइन्स काठमाडौँ विमानस्थलमा अवतरण गरेर पुनः उद्धार उडानमा फर्कने छन् । नेपाल एयरलाइन्सका दुई जहाज साउदी अरेबियाको रियाद र दमामबाट शनिबार बिहान काठमाडौँ अवतरण गरेका छन् । नेपाल एयरलाइन्सकै जहाज आजै दोहा र क्वालालम्पुर प्रस्थान गर्ने उडान तालिका छ । कुवेतबाट नेपाली लिएर आज विहान विमानस्थलमा अवतरण भएको हिमालय एयरलाइन्स राति कतारको दोहा र आबुधाबी उड्ने तालिका छ । टर्किस एयरलाइन्स नेपाली समय अनुसार आज राति ९ बजे काठमाडौँ विमानस्थल अवतरण गरेर राति १०ः३० बजे इस्तानबुल फर्कने बताइएको छ । मध्याह्न तिर कतार एवरवेजले दोहा र जजीरा एयरवेजले कुवेतबाट नेपालीलाई उद्धार गरेर काठमाडौँ ल्याउने उडान तालिका छ ।

शुक्रबार ११ अन्तर्राष्ट्रिय उडान भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत ९१८ यात्रु नेपाल भित्रिएका थिए । कोभिड–१९ महामारीका कारण विभिन्न देशमा अलपत्र नेपालीलाई स्वदेश ल्याउन नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले दैनिक पाँचदेखि छ वटासम्म उडान भर्दा कतार एयरवेज, जजीरा एयरवेज, एयर अरेबिया, टर्किसलगायत विदेशी एयरलाइन्सले नेपालमा चार्टर्ड उडान भर्दै आएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-10-24' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6