Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsप्रमुख ५ खबर राजनीतिदेखि काेराेना कहरसम्म

प्रमुख ५ खबर राजनीतिदेखि काेराेना कहरसम्म


काठमाडाै, पछिल्लो २४ घण्टामा थप २५५ जनामा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा ४ हजार ६९६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या १६ हजार ४२३ पुगेको छ ।

यातायात मजदुरले सार्वजनिक यातायातका साधन सञ्चालन नभए आन्दोलन गर्ने चेतावनी दिएका छन् । बुधबार प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको बैठकमा यातायात मजदुरले रोजीरोटीका लागि अब आन्दोलन गर्नुको विकल्प नभएको बताए । लक डाउनका कारण ११ लाख यातायात मजदुर बेरोजगार भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुल्क लिएर पिसिआर परीक्षण गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ।
मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बुधबारको नियमित प्रेस ब्रिफिङमा केही स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूले स्थानीय तहहरूलाई शुल्क माग गरेको बताउँदै त्यसो गरे कारबाही गरिने जनाएका छन्।
उनले सबै कोभिड(१९ सम्बन्धी परीक्षणको व्यवस्था सरकारको खर्चमा भइरहेको बताए।

नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच झन्डै दुई घन्टा भएको छलफल भएको छ । पार्टीको आन्तरिक विवादलाई लिएर अध्यक्षद्वयबीच बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल बिनानिष्कर्ष सकिएको हो । बुधबारको छलफलमा ओली(दाहाल मात्र थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार पनि १० अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् । यी उडानमार्फत ९५६ यात्रु काठमाडौँ आएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6