Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalनेपालमा बन्द गरियो भारतीय च्यानलको प्रशारण

नेपालमा बन्द गरियो भारतीय च्यानलको प्रशारण


प्रधानमन्त्री  केपि शर्मा ओलिमाथी अतिरन्जित सामग्री प्रशारण गर्ने भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरिएको छ । बिहिवार विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) हरुको टोलिले सरकारी स्वामित्वको दूरदर्शनबाहेक अन्य भारतीय न्युज च्यानलहरुको प्रसारण रोक्ने निर्णय गरेको हो ।

डिसहोम,मेगा म्याक्स, डिएसएन, मेरो टिभीलगायतका अपरेटहरुले सामुहिक रुपमा भारतीय न्युज च्यानलहरुको प्रसारण बन्द गर्ने निर्णय गरेका हुन् । मेगा म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माले अतिरन्जित र अनर्गल प्रचार भारतीय टिभी च्यानलहरुले गर्दै आइरहेकोले बन्द गरिएको जानकारी दिए । केहि दिनयता प्रधानमन्त्री केपी शर्मा ओली तथा चिनिया राजदूतको नाम जोडेर आपत्तिजनक विषयवस्तु बनाएर भारतीय च्यानलहरुले प्रसारण गर्दै आएका थिए । अब ति च्यानल नेपालमा हेर्न नमिल्ने बनाइएको छ ।
सरकारले क्लिन फिड लागु गर्नुअघिनै इन्टरनेटबाट अनाधिकृत रुपमा आउने भिडियो कन्टेन्टहरु रोक्न एमएसओहरुले आग्रह गरिरहेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6