Tuesday, 6 October 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Home ∕ Nepal ∕ नेपालमा बन्द गरियो भारतीय च्यानलको प्रशारण

नेपालमा बन्द गरियो भारतीय च्यानलको प्रशारण


प्रधानमन्त्री  केपि शर्मा ओलिमाथी अतिरन्जित सामग्री प्रशारण गर्ने भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरिएको छ । बिहिवार विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) हरुको टोलिले सरकारी स्वामित्वको दूरदर्शनबाहेक अन्य भारतीय न्युज च्यानलहरुको प्रसारण रोक्ने निर्णय गरेको हो ।

डिसहोम,मेगा म्याक्स, डिएसएन, मेरो टिभीलगायतका अपरेटहरुले सामुहिक रुपमा भारतीय न्युज च्यानलहरुको प्रसारण बन्द गर्ने निर्णय गरेका हुन् । मेगा म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माले अतिरन्जित र अनर्गल प्रचार भारतीय टिभी च्यानलहरुले गर्दै आइरहेकोले बन्द गरिएको जानकारी दिए । केहि दिनयता प्रधानमन्त्री केपी शर्मा ओली तथा चिनिया राजदूतको नाम जोडेर आपत्तिजनक विषयवस्तु बनाएर भारतीय च्यानलहरुले प्रसारण गर्दै आएका थिए । अब ति च्यानल नेपालमा हेर्न नमिल्ने बनाइएको छ ।
सरकारले क्लिन फिड लागु गर्नुअघिनै इन्टरनेटबाट अनाधिकृत रुपमा आउने भिडियो कन्टेन्टहरु रोक्न एमएसओहरुले आग्रह गरिरहेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-10-06' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6