Thursday, 15 October 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Home ∕ Breaking News ∕ नेपालभर बाढी पहिरोको सकस, ५९ को ज्यान गयो, ३५ वेपत्ता

नेपालभर बाढी पहिरोको सकस, ५९ को ज्यान गयो, ३५ वेपत्ता


काठमाडौं– नेपालमा बाढीपहिरोले तीन दिनमा ५९ जनाको मृत्यु र ३५ बेपत्ता भएका छन् । चार दिनयताको अविरल वर्षाका कारण देशभरि बाढी पहिरो गइरहेका छन् । बाढी पहिरोका कारण देशभरको जनजीवन प्रभावित बनेको छ ।

म्याग्दी, सिन्धुपाल्चोक, बझाङ, कास्की लगायत जिल्लामा वर्षासँगै बाढीपहिरो र डुबानले सयौं परिवार विस्थापित भएका छन् । पहाडमा बाढीपहिरो र तराईमा डुबानको खतरा बढ्दै गएको छ । सरकारले पूर्व तयारी नपनाएकाले बाढी पहिरोमा परी जोखिम क्षेत्रका स्थानीयले ज्यान गुमाउने क्रम बढेको छ ।

बाढीपहिरोमा परी तीन दिनयता ५९ जनाको मृत्यु भइसकेको छ भने ३५ जना अझै बेपत्ता रहेको गृह मन्त्रालयले जनाएको छ । गृहका अनुसार बढी गण्डकी प्रदेशमा सबैभन्दा ३७ जनाको ज्यान गएको छ । म्याग्दीमा २७, कास्कीमा ८ र लम्जुङमा तीनजनाको मृत्यु भइसकेको छ । पोखरा महानगरपालिकाका अनुसार गण्डकी क्षेत्रमा अझै चारजना बेपत्ता रहेका छन् ।

त्यस्तै, पहाडी क्षेत्र कर्णाली प्रदेश पनि बाढी पहिरोबाट प्रभावित बनेको छ । त्यहाँ १२ जनाले ज्यान गुमाएका छन्। जाजरकोटमा नौ जनाको ज्यान गएको छ । रुकुम पश्चिममा दुई जना र कालिकोटामा एकजनाको ज्यान गएको गृह मन्त्रालयका सुचना अधिकारी उपकान्त अधिकारीले जानकारी दिए । उनुसार पहाडी क्षेत्रमा बाढी पहिरोले जनजीवन प्रभावित पारेको छ । गण्डकी उक्त प्रदेशमा ६ जना बेखबर छन् ।

त्यस्तै वागतमी तीनजनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकमा बुधबार रातिको पहिरोमा परेका २० जना अझै बेपत्ता रहेका छन्।सिन्धुपाल्चोकका दुई र चितवनका एकजनाको मृत्यु भएको हो । सिन्धुपाल्चोकमा हराइरहेकाको खोजिकार्य भइरहेको गृहले जनाएको छ । प्रदेश ५ मा पनि नवलपरासी बर्दघाटमा दुईजना र गुल्मीमा एकजनाको मृत्यु भएको भइसकेको गृहको तथ्यांकमा उल्लेख छ ।
म्याग्दीमा हराइरहेकामध्ये २७ शव फेला परेका छन् । चार अझै बेपत्ता रहेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-10-15' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6