Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालभर बाढी पहिरोको सकस, ५९ को ज्यान गयो, ३५ वेपत्ता

नेपालभर बाढी पहिरोको सकस, ५९ को ज्यान गयो, ३५ वेपत्ता


काठमाडौं– नेपालमा बाढीपहिरोले तीन दिनमा ५९ जनाको मृत्यु र ३५ बेपत्ता भएका छन् । चार दिनयताको अविरल वर्षाका कारण देशभरि बाढी पहिरो गइरहेका छन् । बाढी पहिरोका कारण देशभरको जनजीवन प्रभावित बनेको छ ।

म्याग्दी, सिन्धुपाल्चोक, बझाङ, कास्की लगायत जिल्लामा वर्षासँगै बाढीपहिरो र डुबानले सयौं परिवार विस्थापित भएका छन् । पहाडमा बाढीपहिरो र तराईमा डुबानको खतरा बढ्दै गएको छ । सरकारले पूर्व तयारी नपनाएकाले बाढी पहिरोमा परी जोखिम क्षेत्रका स्थानीयले ज्यान गुमाउने क्रम बढेको छ ।

बाढीपहिरोमा परी तीन दिनयता ५९ जनाको मृत्यु भइसकेको छ भने ३५ जना अझै बेपत्ता रहेको गृह मन्त्रालयले जनाएको छ । गृहका अनुसार बढी गण्डकी प्रदेशमा सबैभन्दा ३७ जनाको ज्यान गएको छ । म्याग्दीमा २७, कास्कीमा ८ र लम्जुङमा तीनजनाको मृत्यु भइसकेको छ । पोखरा महानगरपालिकाका अनुसार गण्डकी क्षेत्रमा अझै चारजना बेपत्ता रहेका छन् ।

त्यस्तै, पहाडी क्षेत्र कर्णाली प्रदेश पनि बाढी पहिरोबाट प्रभावित बनेको छ । त्यहाँ १२ जनाले ज्यान गुमाएका छन्। जाजरकोटमा नौ जनाको ज्यान गएको छ । रुकुम पश्चिममा दुई जना र कालिकोटामा एकजनाको ज्यान गएको गृह मन्त्रालयका सुचना अधिकारी उपकान्त अधिकारीले जानकारी दिए । उनुसार पहाडी क्षेत्रमा बाढी पहिरोले जनजीवन प्रभावित पारेको छ । गण्डकी उक्त प्रदेशमा ६ जना बेखबर छन् ।

त्यस्तै वागतमी तीनजनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकमा बुधबार रातिको पहिरोमा परेका २० जना अझै बेपत्ता रहेका छन्।सिन्धुपाल्चोकका दुई र चितवनका एकजनाको मृत्यु भएको हो । सिन्धुपाल्चोकमा हराइरहेकाको खोजिकार्य भइरहेको गृहले जनाएको छ । प्रदेश ५ मा पनि नवलपरासी बर्दघाटमा दुईजना र गुल्मीमा एकजनाको मृत्यु भएको भइसकेको गृहको तथ्यांकमा उल्लेख छ ।
म्याग्दीमा हराइरहेकामध्ये २७ शव फेला परेका छन् । चार अझै बेपत्ता रहेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6